गन्तब्य चिनाउन साइकल यात्रा (फोटो फिचर)

गन्तब्य चिनाउन साइकल यात्रा (फोटो फिचर)

धनगढीः सुदूरपश्चिमका पर्यटकीय गन्तब्यहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा चिनाउनका लागि धनगढीबाट तीन दिवसीय साइकल यात्रा सुरु भएको छ। उद्योग वन वातावरण तथा पर्यटन मन्त्रालय अन्तर्गतको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईको आयोजनामा साइकल यात्रा सुरु भएको हो।

‘पर्यटन प्रबर्धनका लागि साइकल यात्रा’ नारासहित शनिबारदेखि तीन दिवसीय साइकल यात्रा सुरु भएको हो। नेपालको संघीय राजधानी काठमाडौं, नेपालगञ्ज, दाङ, बुटबल कैलाली, कञ्चनपुर र भारतको नैनिताल, बरेली गाजियाबाद र पटनाका समेत साईकल यात्रीहरु, सुदूरपश्चिमको साईकल यात्रामा सहभागी भएका छन्।

भारतको उत्तर प्रदेशको बरेलीबाट पहिलो पटक सुदूरपश्चिम आएका साइकल यात्री रविन्द्र सिंहले आफ्ना लागि यो नौलो अनुभूति रहने बताए। ‘मेरा लागि सुदूरपश्चिमको भ्रमण नौलो हुनेछ, मैले मेरा साथीहरुलाई पनि यस क्षेत्रका बारेमा बताउने छु,’ उनले भने।

साइकल यात्रामा सामाजिक रूपान्तरण तथा परिवर्तनका अन्तर्राष्ट्रिय उत्प्रेरक मानसी अग्रवाल, सार्क साइकल प्रतियोगितामा स्वर्णपदक विजेता लक्ष्मी मगर, स्वर्ण पदक विजेता लक्ष्मण मल्ल, सगरमाथाको आधारशिविर सम्म साइकल पुर्‍याउने सुनिल तण्डुलकार, ११ वर्षमा मेची महाकाली साइकल यात्रा पूरा गरेका रमित भट्ट, भारतबाट साइकल यात्रामा विभिन्न पदक विजेता सविता महतो, भारत उत्तराप्रदेशमा साकल बाबाका नामले प्रख्यात सन्जिब जिन्दाल, उत्तराखण्ड नैनितालका पर्यटन अभियन्ता तथा साइकल यात्री शैलैन्द्र शाह सहितका साइकल यात्री सहभागी छन्।

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले साइकल चलाएर यात्रामा सहभागी १५० साइकल यात्रीलाई सुदूरपश्चिमको पहाडी जिल्लाका लागि विदाइ गरे। १५० जना साइकल यात्रीमध्ये डोटीको बुडर जाने ८७ जना छन्। उनीहरु, डोटीको बुडर र त्यसपछि, त्यहाँको छहारा झरनाको अवलोकन गर्नेछन्।

सुदूरपश्चिममा थुप्रै पर्यटकीय गन्तब्य छन्। तर यिनको प्रचार-प्रसार हुन सकेको छैन। अझ पर्यटकीय स्थलहरुसम्म जाने बाटोघाटो र त्यहाँ बस्न खानको गतिलो ब्यवस्था पनि नभएकाले यस्ता क्षेत्रहरु ओझेलमा परेका छन्। 

प्रदेशका उद्योग वन वातावरण तथा पर्यटन मन्त्री मान बहादुर धामी भने आउदो चैतमा यस्तै साइकल यात्रा खप्तडसम्म गराउने दाबी गरे। प्रदेश सरकारले महत्वका साथ लिएको यस कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीले, भारत र नेपालका साइकल यात्रीहरुलाई सुदूरको पहाडका फाँटहरुको आनन्द लिएर आउन आग्रह गरिन्। कार्यक्रममा आर्थिक मन्त्री तारालामा तामाङ पनि सहभागी थिए। विश्व साइकल यात्री भरत शाह संलग्न रहेको फारवेष्टर्न राइडर्सले यसको समुन्वय गरेको हो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.