प्रदेश १ र लुम्बिनीको जित

प्रदेश १ र लुम्बिनीको जित

धनगढी : कैलालीको धनगढीमा शनिबारदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरू भएको छ। फाप्ला क्रिकेट मैदानमा सञ्चालन भएका खेलमा प्रदेश १ र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन्। 

प्रदेश १ ले कर्णाली प्रदेशलाई एक सय ६० रनको फराकिलो अन्तरले पराजित गर्दा लुम्बिनीले बागमती प्रदेशलाई सात विकेटले हरायो। 

टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले कप्तान रुविना क्षत्री र अप्सरी बेगमको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा दुई विकेट गुमाएर एक सय ६६ रनको योगफल खडा गरेको थियो। 

एक सय ६७ रनको लक्ष्य पछ्याएको कर्णाली ११.४ ओभरमा ६ रनमै समेटिएको थियो। अघिल्लो वर्ष भएको प्रधानमन्त्री कपमा पनि कर्णाली ६ रनमा अलआउट भएको थियो। 

दोस्रो खेलमा टस जितेर पहिले व्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ७५ रन बनाएको थियो। बागमतीका लागि हेलिसा गुरुङले सर्वाधिक २८ रन बनाइन्। 

जवाफी ब्याटिङ गरेको लुम्बिनी प्रदेशले १२.५ ओभरमा तीन विकेट गुमाएर जित निकालेको थियो। लुम्बिनीलाई जित दिलाउन कप्तान सरस्वती जीएमले सर्वाधिक २९ रन बनाइन्। 

यसअघि प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले उद्घाटन गरेका थिए। प्रतियोगितामा सात प्रदेश र एक विभागीय गरी आठ टोली सहभागी छन्। प्रतियोगिताका विजेताले पाँच लाख र उपविजेताले तीन लाख नगद पुरस्कार प्राप्त गर्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.