भैरहवामा आज वर्षकै सर्वाधिक चिसो दिन

भैरहवामा आज वर्षकै सर्वाधिक चिसो दिन

भैरहवा : पश्चिम तराईमा चिसो ह्वात्तै बढेको छ । हुस्सु-कुहिरो लागेसँगै चिसो बढेको हो । भैरहवास्थित गौतम बुद्ध विमानस्थलको जल तथा मौसम मापन केन्द्रका अनुसार भैरहवाको बिहानको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।

यो यस वर्षकै अहिलेसम्म सर्वाधिक न्यूनतम तापक्रम मापन गरिएको छ । त्यस्तै शनिबार भैरहवाको न्यूनतम तापक्रम ९ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो । चिसो बढेसँगै सर्वसाधरणहरु सडक, चोकहरुमा आगोको सहारा लिन थालेका छन् । चिसोले जाडोयामका कपडाहरुको व्यापार समेत बढेको छ ।

यस्तै, आइतबार बिहान धनगढीको न्यूनतम तापक्रम ६ दशमलव ८ डिग्री सेल्सियस, नेपालगंजको ८ दशमलव शून्य, सिमराको ९ दशमलव शून्य, जनकपुरको ७ दशमलव ५ र विराटनगरको ९ दशमलव शून्य मापन गरिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट जोगिन आवश्यक सुरक्षा र सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.