प्रधानमन्त्री कप महिला क्रिकेट : लुम्बिनी र प्रदेश १ सेमिफाइनलमा

प्रधानमन्त्री कप महिला क्रिकेट : लुम्बिनी र प्रदेश १ सेमिफाइनलमा

धनगढी : लुम्बिनी प्रदेश र प्रदेश नम्बर १ धनगढीमा भइरहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। समुह ए तर्फका आफ्ना दुबै खेलमा जित हात पार्दै लुम्बिनी र प्रदेश १ अन्तिम चारमा पुगेका हुन्।

आइतबार भएको पहिलो खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई १० विकेटले हरायो भने प्रदेश १ ले वागमति प्रदेशलाई रनले हरायो। टस जितेर पहिले ब्याटिङ गर्दै कर्णाली प्रदेशले हुस्सु र सितलहरका कारण ६ ओभरमा खेलाइएको खेलमा १७ रन बनायो। 

कर्णालीका लागि कप्तान आयुशा टण्डनले ७ रन र दिक्षा पुरीले अविजित ७ रन बनाइन्। लुम्बिनी प्रदेशका लागि सुस्मिता भुषालले २ र नेरी थापाले एक विकेट लिइन्। कर्णाली प्रदेशले दिएको १८ रनको लक्ष्य लुम्बिनीले विना विकेट क्षति पूरा गर्यो। ३ दशमलव १ ओभरमा कुनै विकेट नगुमाउँदै लुम्बिनीलाई सानदार जित दिलाउन लक्ष्मी चौधरीले १२ रन बनाइन्। प्रदेश नम्बर १ प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम चारमा पुगेको छ। दोस्रो खेलमा बागमति प्रदेशलाई ५५ रनले हराउँदै प्रदेश नम्बर १ सेमिफाइनलमा पुगेको हो। 

टस जितेर पहिले ब्याटिङ गर्दै प्रदेश नम्बर १ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११४ रन बनायो। प्रदेश नम्बर १ का लागि अप्सरी वेगमले अविजित अर्धशतकीय पारी खेलिन्। ६२ बलको सामना गरेकी उनले ५१ रन बनाइन्। त्यस्तै स्मृति कटुवालले २० र सबनभ राईले १५ रन बनाइन्। वागमति प्रदेशका लागि अस्मिना कर्माचार्य र खुशी डंगोलले दुई दुई विकेट लिए। 

११५ रनको विजय लक्ष्य पछ्याएको वागमति प्रदेश २० ओभरमा ८ विकेट गुमाउँदै ५९ रनमा समेटियो। वागमतिका लागि सुमन खतिवडाले प्रतियोगिताको पहिलो छक्कासहित २१ रनको पारी खेले पनि टिमलाई जिताउन सकिनन्। 

कप्तान अस्मिना कर्माचार्यले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन्। वागमतिका ५ जना खेलाडी रन आउट भए। कप्तान रुविना क्षेत्री, ज्योति डनुवार र अलिशा खाडियाले एक एक विकेट लिए। खेलमा अर्धशतकीय पारी खेलेकी प्रदेश १ की अप्सरी वेगम प्लेयर अफ द म्याच भइन्। 

प्रतियोगिताको समुह ए मा रहेका वागमति प्रदेश र कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिएका छन्। दुबै प्रदेश समुह चरणका खेलेका दुबै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.