म्याग्दीको दग्‍नाममा पहिरोले पुरिएर स्काभेटरसहित चालक बेपत्ता

म्याग्दीको दग्‍नाममा  पहिरोले पुरिएर स्काभेटरसहित चालक बेपत्ता

बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा सोमबार पहिरोले चालकसहित डोजर (स्काभेटर) पुरिएको छ । तुदी पावर कम्पनीद्धारा निर्माणाधिन ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजनाको सडक निर्माणका क्रममा चालक र स्काभेटर पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रघुगंगा गाउँपालिका–२ का अन्दाजी २७ वर्षीय भिमबहादुर खत्री स्काभेटरसहित पहिरोमा पुरिएका प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङले बताए ।

‘अर्को स्काभेटरको सहायताले पुरिएको स्काभेटर र चालकको खोजी भइरहेको छ,' उनले भने, ‘सडक खनिरहेको अवस्थामा एक्कासी पहिरो खसेर पुरिएको हो ।’ प्रहरी निरीक्षक गुरुङसहितको सुरक्षाकर्मी, आयोजनाका कर्मचारी, मजदुर र स्थानीयबासी पुरिएको स्काभेटर र चालकको खोजीमा जुटेका छन् ।

यसैगरी म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका अन्दाजी ७७ वर्षीय गोरे थापा मृत भेटिएका छन् । ताकमको रत्नेगैरामा आइतबार साँझ मृत भेटिएको थापाको शव परीक्षणका लागि बेनी अस्पताल ल्याइएको छ । इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलको टोली अनुसन्धानका लागि सोमबार बिहान ताकम पुगेको छ । सडक छेउमा हिँडिरहेका थापा लडेको ठाउँ भएर साँझको समय गाडी पार गरेको थियो ।

प्रत्यक्षदर्शीले गाडी नआउँदासम्म हिँडिरहेका थापा गाडी अगाडी पार भइसकेपछि लड्नु र चोटपटक देखिनुमा गाडीको ठक्कर हुनसक्ने अनुमान गरेका छन् । घटनास्थलमा पुगेका प्रहरी निरीक्षक पौडेलले सीसीटीभी फुटेज, शव परिक्षण प्रतिवेदन र प्रत्यक्षदर्शीको भनाइको आधारमा थापाको मृत्युको कारण पहिचान गर्न अध्ययन थालिएको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.