ओमिक्रोनबाट अमेरिकामा एकको मृत्यु

ओमिक्रोनबाट अमेरिकामा एकको मृत्यु

वासिङटन : कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनका कारण अमेरिकामा एक व्यक्तिको मृत्यु भएको छ। अमेरिकाको टेक्सास राज्यमा ओमिक्रोनबाट एक व्यक्तिले ज्यान गुमाएका हुन् । हाल मृतकको नाम भने खुलाइएको छैन । ओमिक्रोन भेरियन्टबाट मृत्यु हुने सो नै संसारको पहिलो केस हुन सक्ने बताइएको छ । अमेरिकामा ओमिक्रोन भेरियन्ट डेल्टा भेरियन्टभन्दा तीव्ररुपमा फैलिरहेको भन्दै विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले चेतावनीसमेत दिइसकेको छ ।

डब्ल्युएचओकाअनुसार पछिल्लो हप्ताभित्र मात्र अमेरिकामा ७३.३ प्रतिशत मानिस ओमिक्रोन संक्रमित भइसकेका छन् । इजरायलले ओमिक्रोनको कारण देखाउँदै अमेरिकासँग जोडिएका सबै हवाई उडान र अन्य यात्रामाथि प्रतिबन्धसमेत लगाइसकेको छ ।

यस्तै, क्रिसमस पर्वमा ओमिक्रोन जोखिम संक्रमण तीव्र हुने भन्दै न्युजिल्याण्डले देशव्यापी लकडाउनको घोषणा गरिसकेको छ । ओमिक्रोन भेरियन्ट डेल्टा भेरियन्टभन्दा चाँडो फैलिरहेको, कोरोनाविरुद्ध पहिल्यै खोप लगाइसकेका र कोभिड संक्रमणबाट निको भइसकेका बिरामीमा ओमिक्रोन संक्रमण देखिएको डब्ल्युएचओले बताउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.