बाल यौन दुराचारको अभियोगमा अमेरिकी अनाथालय संचालक जेल चलान

बाल यौन दुराचारको अभियोगमा अमेरिकी अनाथालय संचालक जेल चलान

ओकुसीः बालबालिकामाथि यौन दुराचार गरेको अभियोगमा  एक अमेरिकी अनाथालय संचालकलाई जेल चलान गरिएको छ। पूर्वी टिमोरको एक अदालतले दोषी ठहराएका अनाथालय संचालक अमेरिकी रिचार्ड ड्याचव्याचलाई मंगलबार १२ वर्षको लागि जेल चलान गरिएको हो।

रिचार्डले सन् १९९० को सुरुवातमा अनाथालय खोलेका थिए। सो अनाथालयमा उनले अभिभावक नभएका र उत्पीडनमा परेका बालबालिकालाई गाँस, बास र कपासको व्यवस्था दिँदै आएका थिए। ८४ वर्षीय रिचार्डले १४ वर्षभन्दा मुनिका बालबालिकामाथि यौन दुराचार गर्ने गरेको र आफ्नो अनाथालयमा हुर्केका युवतीको अश्लिल भिडियो बनाउने गरेको  अभियोग लागेको थियो।

सो अभियोग लागेका रिचार्डमाथि छानविन एवं अनुसन्धान अघि बढेको थियो। छानविनपछि पूर्वी टिमोरको अदालतले उनलाई केही दिनअघि दोषी ठहर गरेको थियो। अदालतले दोषी ठहराएका उनलाई मंगलबार जेल चलान गरिएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.