कांग्रेस प्रदेश २ अधिवेशन : पाँचजना निर्विरोध निर्वाचित
जनकपुरधाम : नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा पाँचजना निर्विरोध निर्वाचित भएका छन् । प्रदेश निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावली अनुसार पाँचजना सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् ।
निर्विरोध निर्वाचित हुनेहरुमा प्रत्येक जिल्लाबाट हुने प्रदेश सदस्यमा खुल्लामा सप्तरीका आशाराम चौधरी निर्विरोध भएका छन् । यस्तै, प्रत्येक जिल्लाबाट हुने महिला सदस्यमा सप्तरीकी विमला देवी साह र महोत्तरीकी उषा देवकोटा र पर्साकी किरण कुमारी शर्मा निर्वाचित भएको निर्वाचन संयोजक प्रह्लाद गौतमले जानकारी दिए । त्यस्तै, प्रदेश सदस्य आदिवासी जनजातीबाट मनमाया तामाङनीको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी छिन् ।
बाँकी पदका लागि आज दिउँसो १ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ । अन्तिम नामावली प्रकाशन भएपछि अहिले व्यालेट छाप्ने काम भइरहेको निर्वाचन समितिले जनाएको छ ।