सिमानामा पर्खाल लगाउन ट्रम्प प्रशासनले दिएका सामग्रीमा लाग्यो खिया

सिमानामा पर्खाल लगाउन ट्रम्प प्रशासनले दिएका सामग्रीमा लाग्यो खिया

वासिङटन : अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको सिमानामा विशाल पर्खाल बनाउने प्रतिबद्धताको हिस्सा बनेका फलामे सामग्रीमा खिया लागेको छ । मेक्सिको र अमेरिकाको सिमानामा विशाल पर्खाल बनाउने भन्ने ट्रम्पको प्रतिबद्धताको हिस्सा बनेका अर्बौ डलर बराबरको फलामे सामग्रीमा खिया लागेको हो ।

ट्रम्पले मेक्सिको हुँदै अवैधरुपमा अमेरिका प्रवेश गर्ने आप्रवासी रोक्न मेक्सिको र अमेरिकाको सिमानामा विशाल पर्खाल निर्माण गर्ने प्रतिवद्धताका साथ परियोजना अघि सारेका थिए । सो परियोजनाको हिस्सा बनेका कम्तीमा सवा एक अर्ब डलर रकम बराबरको स्टिल र अन्य फलामे सामग्रीमा खिया लागेको दी एटलान्टिकमा समाचार छ । सो समाचारअनुसार करिब १८ देखि ३३ फिट उचाई भएका ति सामग्री निर्माण कार्य अघि नबढ्दा खिया लागेका हुन् ।

ट्रम्पको कार्यकालमा ति सामग्री अमेरिकी रक्षा विभागले आफ्नो स्वामित्वमा लिएको थियो । तर ट्रम्पको कार्यकाल समाप्तीसँगै सिमानामा विशाल पर्खाल लगाउने ट्रम्पको बाचा तुहिएको र विभागले खरिद गरेका सामग्रीमा खिया लागेको बताइएको छ ।

यता वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकाल सुरु भएदेखि ट्रम्प प्रशासनले बनाएका सबै नीति खारेज गर्ने बताउँदै आएका छन् । सन् २०१६ को राष्ट्रपतिय चुनावमा ट्रम्पले मेक्सिको र अमेरिकाको सिमानामा विशाल पर्खाल निर्माण गर्ने मुख्य नारा बनाएका थिए ।

सो नारासँगै ट्रम्पले सिमानामा विशाल पर्खाल निर्माण परियोजनामा हस्ताक्षर गरेका थिए । सो हस्ताक्षरपछि सयौ माइल क्षेत्रफलसम्म पर्खाल निर्माण कार्यअघि बढेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.