प्रदेश २ कांग्रेस अधिवेशन : ७२ पदका लागि १७४ जनाको उम्मेदवारी

प्रदेश २ कांग्रेस अधिवेशन : ७२ पदका लागि १७४ जनाको उम्मेदवारी

जनकपुरधाम : प्रदेश २ नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि ७२ पदका लागि १ सय ७४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिले जारी गरेको अन्तिम नामावली अनुसार ७२ पदका लागि १ सय ७४ जनाको उम्मेदवारी परेको हो । बिहान ८ बजेर ३० मिनेटमै अन्तिम नामावली प्रकाशन गर्ने भनिएपनि ११ बजेर ३५ मिनेटमा अन्तिम नामावली प्रकाशित भएको हो ।

निर्वाचनमा निधि–कोइराला समूहबाट प्रदेश २ को भौतिक पूर्वाधार रामसरोज यादव र देउवा समूहबाट रौतहट जिल्ला सभापति कृष्ण यादवले उम्मेवारी दिएका हुन् । यस्तै दुई उप–सभापतिका लागि पाँचजनाको उम्मेदवारी परेको छ । देउवा समूहबाट वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर कुमार यादव तथा निधि–कोइराला समूहबाट धनलाल ठोकर र बिनोद कुमार खनालले उप–सभापतिमा उम्मेदवारी दिएका हुन् । रामाधार प्रसाद यादव भने स्वतन्त्र रुपमा उप–सभापतिका लागि उम्मेदवारी दिएका हुन् ।

त्यस्तै २ महामन्त्रीका लागि पनि ५ जनाको उम्मेदवारी परेको छ । निधि–कोइराला समूहबाट नरेश यादव र हरेश महतोको उम्मेदवारी परेको छ भने बृहस्पति कृष्ण श्रेष्ठ र उपेन्द्र कुमार यादव देउवा समूहबाट उम्मेदवारी दिएका हुन् । बिनोद चौधरी स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।

त्यस्तै २ सह–महामन्त्रीमा देउवा समूहबाट जयनारायण यादव र परशुराम चौधरीको उम्मेदवारी परेको छ । निधि–कोइराला समूहबाट सह–महामन्त्रीमा अरविन्द अमात्य र विनोद यादव उम्मेदवार छन । महिलातर्फ १ सह–महामन्त्रीका लागि देउवा समूहबाट रीता यादव उम्मेदवार छन् । महिलातर्फ निर्मला सुवेदी निधि–कोइराला समूहबाट उम्मेदवारी दिएकी छिन् । त्यस्तै सह–महमन्त्री खुल्लाबाट २ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

प्रदेश सदस्य खुल्लामा १४ पदका लागि ५० जनाको उम्मेदवारी परेको हो । प्रदेश सदस्य महिला ७ पदका लागि १२, प्रदेश सदस्य खुला प्रत्येक जिल्लाबाट ८ पदका लागि १५, प्रदेश सदस्य प्रत्येक जिल्लाबाट महिला ८ पदका लागि ११ जनाको उम्मेदवारी परेको छ । प्रदेश सदस्य खस आर्य १ पदका लागि ४ जना, प्रदेश सदस्य आदिवासी जनजाती खुला १ पदका लागि ३, प्रदेश सदस्य मधेशी खुल्ला ७ पदका लागि १६, प्रदेश सदस्य मधेशी महिला ६ पदका लागि १२, प्रदेश सदस्य दलित खुल्ला ३ पदका लागि १०, प्रदेश सदस्य दलित महिला २ पदका लागि ५ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै प्रदेश सदस्य खुल्ला थारु १ पदका लागि २ र प्रदेश सदस्य महिला थारु १ पदका लागि २, प्रदेश सदस्य मुस्लिम खुल्ला २ पदका लागि ५ र प्रदेश सदस्य मुस्लिम महिला १ पदका लागि ३ र प्रदेश सदस्य अल्पसंख्यक अपांग १ पदका लागि ४ जनाको उम्मेदवारी परेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.