श्यामबहादुर नेपालीको उपचारका लागि आर्थिक सहयोग जुट्दै

श्यामबहादुर नेपालीको उपचारका लागि आर्थिक सहयोग जुट्दै

सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ९ नौलापानीका हर्निया रोगी श्यामबहादुर नेपालीको उपचारका लागि संकलन भएको आर्थिक सहयोग जुट्ने क्रम जारी । विष्णु भट्टराईको पहलमा संकलित १ लाख ३७ हजार ३ सय र रामलिला सामाजिक विकास केन्द्रले १३ हजार गरी आज १ लाख ५० हजार ३ सय रुपैयाँ नेपालीकै घर नौलापानीमा पुगेर हस्तान्तरण गरिएको हो ।

पेटमा पानी जमेर हिँडडुल गर्न समेत नसक्ने अवस्थामा रहेका नेपालीको उपचारका लागि आर्थिक अभाव भएपछि अर्घाखाँचीको सन्धिखर्क १० धरम्पानी घर भै हाल रोजगारीको सिलसिलामा इजरायलमा रहेका विष्णु भट्टराइको पहलमा संकलित १ लाख ३७ हजार ३ सय रुपैयाँ उनका बुबा गोबिन्द भट्टराइले आज हस्तान्तरण गरेका हुन्।

उपचारका लागि २५ देखि ३० लाख खर्च लाग्ने चिकित्सकले बताएका छन् । इजरायलमा रहेका भट्टराईले अर्घाखाँचीका विभिन्न दिर्घ रोगी तथा घाइते अपांगहरुलाई आर्थिक सहयोग गर्दै आएका छन्।

यस्तै, रामलिला सामाजिक विकास केन्द्र अर्घाखाँचीले १३ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । नेपाली कांग्रेसका नगर सभापति तथा समाजसेवी व्यक्तित्व बाबुराम भुसाल र संस्थाका सचिव नारायण खत्रीले १३ हजार रुपैयाँ बिरामी नेपालीलाई हस्तान्तरण गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.