भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २१३ पुग्यो

भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २१३ पुग्यो

नयाँ दिल्ली: कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनबाट भारतमा २१३ जना सङ्क्रमित भएका छन्। ओमिक्रोनबाट सङ्क्रमित भएकाहरु दैनिकरुपमा थपिदै गएर अहिलेसम्म २१३ पुगेको अधिकारीहरुले बुधबार जानकारी दिएका छन्। तीमध्ये सबैभन्दा धेरै दिल्लीमा रहेका छन्। दिल्लीमा मात्रै ५७ जना ओमिक्रोनबाट सङ्क्रमित भएका छन्। 

दिल्लीपछि धेरै महाराष्ट्रमा ५४ जना र तेलङ्गनामा २४ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन्। उनीहरुका अनुसार पछिल्लो एक दिनमा कोरोनाभाइरसबाट भने छ हजार ३१७ जना सङ्क्रमित भएका छन्। 

त्यसैगरी अरु ३१८ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभरि अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ७८ हजार १९० पुगेको छ। यो सङ्ख्या ५७५ दिन पछिकै सबैभन्दा कम हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.