बेपत्ता बालिकाको शव बबइ नहरमा भेटियो

बेपत्ता बालिकाको शव बबइ नहरमा भेटियो

गुलरिया : बारबर्दिया नगरपालिका औरी निवासी ६ वर्षीया बालिकाको शव बबइ नदीको नहरमा फेला परेको छ। नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले खोजतलासका क्रममा बालिका देवीका खनालको शव फेला पारेको हो। 

शनिबारदेखि हराइरहेकी बालिकाका बावु विष्णु खनालले आइतबार प्रहरीचौकी कर्तनियामा आफ्नी छोरी हराएको जानकारी दिएलगत्तै प्रहरीले खोजतलासको कार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक चक्रबहादुर डमरपालले बताए। 

लामो समयदेखि बेपत्ता बालिका बबइ सिंचाई आयोजनाको नहरमा पाँचौ दिनमा बुधबार दिउँसो मृत अवस्थामा भेटिएकी छिन्। घरदेखि ५ सय मिटर पश्चिम नहरको अंडर ग्राउण्डभित्र बालिकाको शव भेटिएको हो। पोष्टमार्टमका लागि शव बर्दिया अस्पताल पठाइएको प्रहरी निरीक्षक डमरपालले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.