बेलायतमा कोरोना संक्रमितको संख्या एक लाख नाध्यो
बेलायत : बेलायतमा कोरोना संक्रमितको संख्या बढेको छ । बुधबार मात्र कोरोना भाइरसबाट संक्रमितको संख्या एक लाख नाघेको त्यहाँका अधिकारीहरुले बताएका छन् । बेलायतमा बुधबार १ लाख ६ हजार १ सय २२ जनामा कोरोना संक्रमण देखिएको अन्तर्राष्ट्रिय संचारमाध्यममा समाचार छ ।
गत हप्ता कोरोना संक्रमितको संख्या ९३ हजार थियो । यो हप्ता कोरोना संक्रमितको संख्या बढेर एक लाख नाघेको हो । कोरोनाको नयाँ भेरियन्ट देखिन थालेपछि बेलायतमा कोरोनाबाट संक्रमितको संख्या बढेको बताइएको छ ।
बेलायतमा वितमा एक दिनमा लगभग ६८ हजार जनामा कोरोनाको संक्रमण देखिन्थ्यो । बेलायतका प्रधामन्त्री बोरिस जोनसोनले कोरोना भाइरसको संक्रमण अझै बढन सक्ने चेतावनी दिएका छन् ।