प्रदेश २ कांग्रेस अधिवेशन : प्लाष्टिकको 'ड्रम' मा मत खसालिदै

प्रदेश २ कांग्रेस अधिवेशन : प्लाष्टिकको 'ड्रम' मा मत खसालिदै

जनकपुरधाम : नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा मतपेटिकाका रुपमा प्लाष्टिक ड्रमको व्यवस्था गरिएको छ। जनकपुरधाम -४ स्थित गोपाल धर्मशालामा जारी निर्वाचनमा सभापति र पदाधिकारीको मतपेटिका सानो ड्रम र सदस्यहरुको मतपेटिकाका ठूलो ड्रमलाई प्रयोग गरिएको छ।

अधिवेशनका लागि दुई हजार ७५ प्रतिनिधि छन् । मतदाता र उम्मेदवार धेरै भएकपछि मतदानका लागि सदस्य संख्याको आधारमा ठूलो ड्रमको व्यवस्था गरिएको हो । कांग्रेस नेतृत्व चयनका लागि बुधबार १ बजेदेखि मतदानको कार्यक्रम रहेपनि मतपत्र समयमा नछापिदा निर्वाचन लम्बिएको प्रमुख निर्वाचन अधिकृत प्रल्हाद गौत्तमले जानकारी दिए ।

बिहीबार बिहानैदेखि मतदान सुरु हुने भनिएपनि आवश्यक पूर्वाधार तयार नहुँदा बिहान ९ :३६ बजेदेखि मतदान सुरु भएको हो। बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको निर्वाचन अधिकृत गौत्तमले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.