पंजाबको लुधियाना अदालतमा बम विष्फोट, दुईको मृत्यु, चारजना घाइते
लुधियाना : पंजाबको लुधियाना अदालत परिसरमा बम विष्फोट भएको छ। विष्फोटमा परि दुईजनाको मृत्यु भएको छ भने चार घाइते भएका छन्। विष्फोट पछि त्यहाँ मानिसको भागदौड मच्चिएको छ।
विष्फोटबारे केही खुल्न नसकेको भारतीय मिडियाले जनाएका छन्। अहिले घटनास्थलमा प्रहरी पुगिसकेको छ । प्राप्त जानकारी अनुसार अदालतको प्रतिलिपि शाखामा विष्फोट भएको हो । वकिलको हडताल चलिरहेकाले अदालतमा खासै भीडभाड थिएन।
घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ।