देश अभिभावकविहीन भयो : लिङदेन

देश अभिभावकविहीन भयो : लिङदेन

दाङ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देश अभिभावकविहीन भएको बताएका छन्। ठूला राजनीतिक दलहरुले परिवर्तनको नाममा देशलाई अभिभावकविहीन बनाएको उनको भनाइ छ। 

परिवर्तनका लाममा देशलाई लुटेर ठूला दलले राखेको उनले आरोप लगाए। देशको प्रगति, विकास र परिर्वतनको बाधक र सबै कुराको दोष राजसंस्थालाई दिएका ठुला पार्टीहरुले राजसंस्था अन्त्यको १४ वर्षसम्म पनि कुनै उपलव्धी हासिल गर्न नसकेको आरोप लगाए। 'हिजो सबै कुराको बाधक राजसंस्था हो भने, सबै अप्ठ्यारा राजसंस्थाको टाउकोमा थुपारे', उनले भने, ‘राजसंस्था अन्त्य भएको १४ वर्ष भयो, खोइ त देशको प्रगति, खोइ परिवर्तन ? त्यो बेलामा त एउटा राजालाई पाल्नु परेको थियो, अहिले सयौँ राजालाई पाल्नु परेको छ।’

चुनावलाई महङ्गो र भड्किलो बनाउने, किनेर सांसद मन्त्री बन्ने-बनाउने, संसदलाई आयआजर्नको श्रोतको रुपमा लिने प्रवृति बढ्दै गएकाले अहिलेको व्यवस्थालाई सुधार गर्न जरुरी रहेको उल्लेख गरे। संसद पूर्ण समानुपातीक हुनुपर्ने र जनताले चुनेको व्यक्ति प्रधानमन्त्री बन्नुपर्ने र सांसद मन्त्री हुन नपाउने व्यवस्था लागु गर्न सकेमा देशमा सुधार हुने उनको भनाइ छ। उनले देशले सेवासुविधा जातका आधारमा नभइ गरिवले पाउनुपर्ने व्यवस्था लागुपर्नेमा जोड दिए।

देश आजसम्मकै कमजोर अवस्थामा रहेको बताए। आँखाले हेर्दा ठिकठाक देखिने देश अहिले प्रजातन्त्रको नाममा, लोकतन्त्रको नाममा कमजोर हुँदै गएको र अभिभावकविहीन अबस्थामा पुगेको जिकिर गरे।  धर्म निरपेक्ष राष्ट्र बनाउँदा लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रको नाममा देश बन्धक बन्दै गएको भन्दै अब देश कसरी सुरक्षित गर्ने भने अवस्था आएको बताए।

उनले हिन्दु राष्ट्र र राजसंस्था देशको स्थायित्वको आधार भएको बताएका छन्। राष्ट्रिय स्वाधिनताका लागि हिन्दुराष्ट्र र राजसंस्थाको विकल्प नभएको उनले दावी गरे। ‘जसरी घर बलियो बनाउन जग बलियो बनाउनु पर्छ त्यसरी नै देश बलियो बनाउन, देशको स्थायित्व कायम गर्न हिन्दु राष्ट्र र राजसंस्था चाहिन्छ', उनले भने,‘यतिबेला हरेक नागरिकले राजसंस्थाको आवश्कतालाई महसुश गरिरहेका छन्। देशलाई हिन्दुराष्ट्र बनाउनुपर्छ भनेर लागिरहेका छन्।’ उनले लोकतन्त्रका नाममा ठूला दलले लुटतन्त्र मच्चाए र यो अवस्थामा राजतन्त्र नै आवश्यक भएको बताए।

राप्रपाको बिहीबार तुलसीपुरमा भएको लुम्बिनी प्रदेशस्तरीय बृहत आमसभाको उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले देश इतिहासकै कमजोर अवस्थामा गुज्रिरहेको बताए। देश सामान्य अवस्थामा चलेको देखिए पनि विस्तारै आफ्नो स्वाभिमान र पहिचान गुमाउँदै गएको बताए।

अहिलेको नेतृत्वबाट देशको परिवर्तन सम्भवन नभएको भन्दै देशको राष्ट्रियता, स्वाधिन्ता र निष्पक्षताको पार्टी राप्रपा मात्र भएको दावी गरे। उनले आधुनिकताको नाममा कर्म, परम्परा, संस्कृति नर्बिसिएर पनि देशमा परिवर्तनमा जान सकिन्छ भन्ने मान्यताका साथमा पार्टी स्थापना भएको बताए।

महामन्त्री डा. धवलसमशेर राणाले देशमा वेथितिको जालो मौलाएको बताए। यस्तो जालोलाई तोड्नका लागि नागरिक एकजुट हुनुपर्ने बताए। उनले जनतामार्फत देशमा राजासहितको प्रजातन्त्र ल्याउनुपर्ने भन्दै उनले जनताले अब आफ्नो मत देखाउनुपर्ने बेला आएको बताए। उनले मुलुकको परिवर्तनको संवाहक राप्रपा भएको दावी गरे। पार्टीको आन्दोलनले मुलुकमा हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र स्थापना गर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.