ओमिक्रोनविरुद्ध एस्ट्राजेनेका खोप सबैभन्दा प्रभावकारी

ओमिक्रोनविरुद्ध एस्ट्राजेनेका खोप सबैभन्दा प्रभावकारी

लण्डनः ओमिक्रोन भेरियन्टविरुद्ध औषधि कम्पनी एस्ट्राजेनेकाले बनाएको कोभिड १९ खोप प्रभावकारी बनेको छ। ओमिक्रोनविरुद्ध एस्ट्राजेनेकाले गरेको परिक्षण चरणको खोप प्रभावकारी बनेको हो।

बिहीबार अक्सफोर्ड युनिभर्सिटी ल्यावको अध्ययन रिपोर्टलाई उद्धृत गर्दै सो कम्पनीले ओमिक्रोन भेरियन्टविरुद्ध एस्ट्राजेनेकाले बनाएको खोप प्रभावकारी बनेको बताएको हो।

ओमिक्रोनविरुद्ध कम्पनीले बनाएको खोपको तीन डोज पहिलो चरणमा परीक्षण गरिएको थियो। सो परिक्षण सफल बनेको कम्पनीले जनाएको छ। अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले संयुक्त रुपमा ओमिक्रोन विरुद्धको खोप तयार गरिरहेको केहि दिनअघि सो कम्पनीले जानकारी दिएको थियो।

किमले गरे चिनियाँ दूतको तारिफ

सिओल: उत्तर कोरियाली शासक किम जोङ उनले निवर्तमान चिनियाँ राजदूत लि जिनजुनको तारिफ गरेका छन्। उत्तर कोरिया र चीनको कुटनैतिक सम्बन्ध सुर्धानमा ठुलो योगदान पुर्याएको भन्दै किमले जिनजुनको तारिफ गरेका हुन्।

उत्तर कोरियाको राजदूतको रुपमा कार्यरत लिले करिब सात वर्षे कार्यकाल छोडेपछि किमले उनको तारिफ गरेको बिहिबार प्रकाशित स्थानिय मिडियामा खबर छ। ‘विगत सात वर्षमा लि ले दुई पक्षिय सम्बन्ध सुधार्न र मैत्रीपुर्ण सम्बन्ध स्थापना गर्नमा ठुलो योगदान दिएको भन्दै किम जोङ उनले चिनियाँ राजदूत लिको तारिफ गरेका छन्’ स्थानिय मिडिया केसीएनसीमा भनिएको छ।

किम राजदूत लि र उनको कार्यप्रति निकै सन्तुष्ट रहेकोसमेत उल्लेख गरिएको छ। सन् १९६१ को सन्धीपछि चीन उत्तर कोरियाको मुख्य सहयोगी मुलुकको रुपमा चिनिन्छ।

तालिबाद्वारा पाकिस्तानी सैनिकमाथि रोक

काबुलः तालिवान लडाकुहरुले पाकिस्तानी सैनिकमाथि रोक लगाएका छन्। अफगानिस्तानमा पाकिस्तानी सैनिकले बाधा पुर्याउने भन्दै अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा पुगेका सैनिकमाथि तालिवान लडाकुले रोक लगाएका हुन्।

बिहिबार डन न्युजमा प्रकाशित समाचारअनुसार बेलायती उपनिवेशको समयमा छुट्टिएको पाकिस्तान र अफगानिस्तानको करिब २६ सय किलोमिटर सीमा क्षेत्रमा पाकिस्तानले जबरजस्ती आफ्ना सैनिक खटाएको भन्दै तालिवानले उनीहरुमाथि रोक लगाएको हो।

पाकिस्तानी सैनिकले अवैध रुपमा काबुल प्रवेश गर्न खोज्दा तालिवान लडाकुले उनीहरुलाई रोकेको अफगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खवराज्मीले बताएका छन्। सो सन्दर्भमा पाकिस्तानी पक्षले भने कुनैपनि प्रतिक्रिया नदिएको डन न्युजमा खबर छ।

जापानको नियम विपरित अमेरिकी सेना

टोक्योः जापान सरकारले अमेरिकी सैन्य बलले जापानको नियम विपरित कदम चालेको बताएको छ। विपरित कोरोना भाइरसविरुद्ध खोप नलगाएर सेनाले जापानको नियम विपरित कदम चालेको सरकारले बताएको हो।

जापान प्रस्थान गर्दा अमेरिकाले आफ्ना सेनाको कोरोना परिक्षण नगराएको र सो कदम जापानको नियम विपरित भएको जापान सरकारले बिहिबार बताएको छ। ‘जापानको सीमा प्रवेश गर्दा अमेरिकाले आफ्ना सेनाको कोरोना परिक्षण गराएको छैन। जुन जापानको कोभिड नियन्त्रण एवम् मापदण्ड विपरित काम हो’ सरकारद्धारा जारी विज्ञप्ती उद्धृत गर्दै क्योडो न्युजले समाचार प्रकाशित गरेको छ।

करिब २२७ अमेरिकी सैनिक बिहिबार बिहान जापानस्थित क्याम्प हानसेन आइपुगेका छन्। जसमध्ये कैयौ सैनिकमा नयाँ संक्रमण पुष्टि भएको छ।

अमेरिकी नौसेनाद्धारा रानबाट हतियार बरामद

दुबईः अमेरिकी नौसेनाको समूहले ठूलो संख्यामा हातहतियार बरामद गरेको छ। अवैधरुपमा इरान हुँदै यमन पुर्‍याउन लागेको अवस्थामा अमेरिकी नौसेनाले हतियार बरामद गरेको हो।

तस्करहरुले अबैध रुपमा ठुलो संख्यामा हातहतियारहरु यमन पुर्‍याउन लागेको सुचना पाएसँगै अमेरिकी नौसेनको टोली ईरान पुगेको थियो। सो सुचनापछि नौसेनाले सोमबारदेखि अरबियन सागर क्षेत्रमा छापा मार्न सुरु गरेको थियो।

सो क्रममा नौसेनाले समुद्री किनार नजिकै १४ सयभन्दा बढि कलस्निकोभ शैलिको राइफल र २ लाख २६ हजार ६ सय थान बारुद फेला पारेको अरब न्युजमा खबर छ।

विश्वविद्यालयले हटायो तिआनमेन नरसंहारको प्रतिमा

हङकङः हङकङ विश्वविद्यालयले तिआनमेन नरसंहार घटनाको प्रतिमा हटाएको छ। विश्वविद्यालयले बिहिबार बिहानै करिब २६ फुट लामो सो प्रतिमा हटाएको हो।

तामाबाट बनेको ‘पिलर अफ शेम’ नामक सो प्रतिमा बुधबार रातीदेखि नै हटाउन सुरु गरिएको थियो। करिब २४ वर्षअघि विश्वविद्यालय परिसरभित्र सो प्रतिमा स्थापना गरिएको थियो।  सन् १९८९ जुन ४ मा तिआनमेन स्क्वायर नरसंहारमा मारिएका प्रदर्शनकारीहरुको सम्झनामा सो प्रतिमा स्थापना गरिएको थियो।

सन् १९८९ मा चीनको राजधानी बेइजिङस्थित तिआनमेन स्क्वायर घटनामा चिनियाँ अधिकारीहरुले हजारौ प्रजातन्त्र पक्षधर प्रदर्शनकारीको हत्या गरेका थिए। चिनियाँ अधिकारीहरुले सो घटनामा करिब २ सय प्रदर्शनकारीहरुको मृत्यु भएको बताएपनि विद्यार्थी नेताहरुले सो घटनामा ३ हजार ४ सयभन्दा बढिको मृत्यु भएको बताउदै आएका थिए।

विश्वविद्यालय सो प्रतिमा हटाउन अक्टोबरमै निर्देशन दिएपनि अधिकारीहरुले बुधबार मात्र प्रतिमा हटाउने निर्णय गरेको बताइएको छ। सो प्रतिमा डेनमार्कका मुर्तीकारहरुले बनाएका थिए।

धार्मिक सामग्री फैलाउने विदेशीमाथि चीनको प्रतिबन्ध

बेइजिङः चीन सरकारले धार्मिक सामग्री फैलाउने विदेशी संघसंस्था र व्यक्तिहरुमाथि प्रतिबन्ध लगाएको छ। अनलाईनमार्फत चीनभित्र धार्मिक सामग्री फैलाउन खोज्ने ति निकायमाथि सरकारले प्रतिबन्ध लगाएको हो।

चिनियाँ सञ्चारमाध्यममा बुधबार प्रकाशित रिपोर्टअनुसार कुनैपनि विदेशी संघ संस्था एवम् अधिकारीहरुले चीनमा धार्मिक अनुष्ठानबारे कुनैपनि सुचना र सामग्रीलाई अनलाईनमार्फत प्रकाशन र प्रकाशन गर्न पाउने छैनन्। त्यस्ताखाले सामग्री प्रसारण एवम् प्रकाशनको लागि ति निकायहरुले चीनको धार्मिक नियमकहरुको अनुमती लिनुपर्ने साउथ चाइना मर्निङ पोष्टमा उल्लेख छ।

करिब दुई हप्ताअघि चीनमा धार्मिक मामिलालाई व्यवस्थित बनाउने उदेश्यले बेइजिङमा आयोजित चिनियाँ राष्ट्रपति सि जिङपिङ सम्मिलित धार्मिक सम्मेलनपछि सरकारले सो निर्णय गरेको बताइएको छ। चीनको आन्तरिक सुरक्षाको लागि सरकारले सो निर्णय गरेको समेत बताइएको छ।

ट्युनिसियाका पूर्व राष्ट्रपतिलाई ४ वर्ष जेल सजाय

ट्युनिसः ट्युनिसियाका पुर्व राष्ट्रपति मोनसेफ मार्जोकीलाई अदालतले चार वर्षको जेल सजाय सुनाएको छ। देशको सुरक्षामाथि आक्रमण गरेको भन्दै ट्युनिसियाको एक अदालतले मार्जोकीलाई चार वर्षको लागि जेल सजाय सुनाएको हो।

हल फ्रान्समा बसोबास गर्दै आएका ७६ वर्षीय पुर्व राष्ट्रपति मार्जोकीले विदेशमा बसेर देशको राजनिति र सुरक्षा अवस्था कमजोर पार्न खराब खेल खेलेको आरोप लागेको थियो। सोहि आरोपमा अदालतले बुधबार उनलाई दोषी ठहर गर्दै चार वर्षको लागि जेल सजाय सुनाएको अन्र्तराष्ट्रिय मिडियामा खबर छ। मार्जोकी सन् २०११ देखि २०१४ सम्म ट्युनियाको अन्तरिम सरकारका राष्ट्रपति बनेका थिए।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.