जम्मु कश्मीरमा सुरक्षाकर्मीको कारवाहीमा आतंकवादीको मृत्यु
नयाँ दिल्ली : जम्मु कश्मीरमा सुरक्षाकर्मी र आतंकवादीबीच भिडन्त हुँदा कम्तिमा एक आतंकवादीको मृत्यु भएको छ। अनन्तनागमा भएको भिडन्तमा सुरक्षाकर्मीको कारवाहीमा एक आतंकवादीको मृत्यु भएको भारतीय संचारमाध्यमहरुमा समाचार छ।
सो इलाकामा सुरक्षाकर्मी र आतंकवादीबीच मुठभेड जारी रहेको बताइएको छ। गस्तीमा गएको सुरक्षाकर्मीमाथि आतंवादीहरुले गोली प्रहार गरेका थिए। जवाफी फायरमा आतंकवादीको मृत्यु भएको हो।