तुलनाको मनोविज्ञान

तुलनाको मनोविज्ञान

प्रसंग १ ; ७ कक्षाबाट ८ मा जाँदा छैटौं भएँ। मिल्ने साथी सेकेन्ड भई। साँझ दिदीले भन्नुभयो, ‘ऊ सेकेन्ड हुँदा तँ चाहिँ कसरी त्यति तल झरिस् ? उसको जस्तो पढाइ त यसको कहिल्यै नहुने भयो। कम से कम तेस्रो त हुनुपर्छ नि। त्यसपछि दिदीले त्यो साथीको यति बयान गर्नुभयो नि उहाँको कुरा सुन्दा लाग्थ्यो म चाहिँ गएगुज्रिएकै हुँ। केही कामै लाग्दिनँ। त्यो साथी चाहिँ संसारकै सिपालु र सबै कुरा जान्ने। उसलाई नआउने र गर्न नसक्ने कुरा केही छैन। दिदीकोे त्यो कुराले यति खिन्न बनायो कि कुरै नगरम्। त्यसपछि त त्यो साथीलाई नै पो शत्रु देख्न थालें। निर्दोष हुँदाहुँदै पनि मनमा आयो, तेरा कारण मैले गाली खान पर्‍यो। भोलिपल्टदेखि त्यो साथीको छेउ नै नपर्न पाए हुनेजस्तो लाग्न थाल्यो। यही कुराले गर्दा यति मानसिक तनाव भयो कि घरमा दिदीसँग रिस उठ्ने स्कुलमा त्यो साथीसँग। अब के चाहियो ?

म त एक प्रतिनिधिपात्र मात्र हुँ। यो उदाहरण धेरैको जीवनमा लागू हुनसक्छ। पढाइमा केही तलमाथि हुने बित्तिकै घरकाले यस्तो व्यवहार गरिदिएपछि कुन हौसला लिएर बालबालिका अगाडि बढ्ने ? कक्षा उत्तीर्ण हुँदा पोजिसन हेर्नै पर्ने हो र ? सबैलाई पहिलो, दोस्रो हुनु छ। नम्बर कति आयो ? उसको बानीव्यहोरा कस्तो छ ? अनि पढाइलाई उसले कतिको समय दिन्छ ? योसँग कसैलाई सरोकार छैन। स्कुलको नतिजा आएपछि अभिभावकको पहिलो प्रश्न हुन्छ, ‘के भइस् ? सायदैले सोध्लान् कति नम्बर आयो ? वा कति प्रतिशत आयो ? धेरैजसो अभिभावकलाई स्थान अगाडि आउन पर्‍यो पुग्यो। हामी कतिपय अभिभावकलाई नै थाहा छैन कि सफल हुन स्थानको जरुरी हँुदैन। हुन्छ त केवल अध्ययनको। सुझबुझको। व्यवहारको। पहिलो भएको उसको साथीसँग तुलना गरिदिन्छांै र भन्छौं ऊ त जीवनमा ठूलो मान्छे हुने भयो तेरो त खै ? सोचांै न, कसैसँग तुलना गरेर हामी ठूलालाई नै पनि कसैले केही भनिदियो भने हालत के होला ? हाम्रो आफ्नै पनि दिमागले काम गर्दैन। अनि फेरि बालबालिकालाई हामी किन अरूसँग तुलना गरेर मानसिक तनाव दिन्छौं ?

प्रसंग २ ; बाल्यकालमा अर्को पनि भुल्न नसक्ने घटना छ। दसैं आएको थियो। मैले र मेरी साथीले एकै प्रकारका लुगा किन्यौं। त्यो बेला अम्ब्रेला कुर्तासुरुवाल खुबै चलेको थियो। लामोलामो पारेर सिलाइएका ती कुर्तासुरुवाल लगाएर यताउता गरिरहेका थियौं। हजुरआमाले प्याच्च भन्नुभयो, तँलाईभन्दा त तेरी साथीलाई पो राम्रो देखियो। म त सल्याकसुलुक नै भए। मेरो बालमस्तिष्कमा छाएका खुसीहरू एकैछिनमा उडेर खै कता पुगे कता ? अघिसम्मको उत्साह खरानी भयो। अनुहारको उज्यालो कालो रङमा परिणत भयो। न रुनु न हाँस्नुको स्थितिमा पुगें। त्यो लुगै च्यातेर फ्याकिदिऊँ कि झैं लाग्यो। त्यो लुगैप्रति वितृष्णा जाग्यो।

प्रसंग ३ ; बाल्यकालकै कुरा हो। साथीको घरमा गएकी थिएँ। साथीको आमाले रोटी पकाउन पीठो मुस्दै हुनुहुन्थ्यो। रोटी म बनाउँछु भनेर अघि सरें। साथी पनि मिलेर बनाउँ भन्दै अगाडि सरी। तुरुन्तै आमाले भन्नुभयो। ‘यसलाई चलाउन नदेऊ है ? राम्रो बेल्दिन पनि। फेरि डढाएर मुखमै हाल्न सकिन्न। तिमीले राम्रो बनाउछ्यौ। अस्ति मैले खाएकी थिएँ। साथीको मुखमा हेरें। उसको अनुहारको रङ नै फेरिइसकेको थियो। उसको मनमा खेलिरहेको कुरो राम्रोसँग बुझेकी थिएँ।

माथिका प्रसंगहरूबाट धेरै बालबालिका गुज्रिरहेका छन्। तुलना गरेका कुरा सुन्दा सामान्य नै लाग्छ सबैलाई। तर त्यस्ता प्रकारका तुलनाले बालबालिकामा नकारात्मक ऊर्जा प्रवेश गरिरहेको हुन्छ। ऊभन्दा ऊ राम्रो, उसको पढाइ त कति राम्रो। यसको त खै के हो के ! उसले पकाएको तरकारी कति मिठो यसलाई त पकाउनै आउँदैन। यसलाई त जे लगाए पनि सुहाउँछ। उसलाई त जे किन्दिए पनि राम्रो देखिँदैन नभनौं ।
अभिभावकहरूमा एक प्रकारको अहं हुनुले नै बालबालिका तुलनामा पर्न जान्छन्। आफूले सोचेको हुनै पर्ने हुन्छ अभिभावकलाई। जब तुलना गर्न थाल्छौं तब उनीहरूमा एक प्रकारको रिस, डर र बदलाभाव उत्पन्न हुन्छ। अनि डरले जन्माउँछ झुट। झुटको भविष्य के होला ? एक पटक राम्ररी सोचौं। तुलना गरेर नकारात्मकता र झुटतिर बालबालिकालाई नधकलौं।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.