भारतको उत्तर प्रदेशमा रात्रिकालीन कर्फ्यू, विवाहमा २ सयजना मात्रै सहभागी हुन पाउने

भारतको उत्तर प्रदेशमा रात्रिकालीन कर्फ्यू, विवाहमा २ सयजना मात्रै सहभागी हुन पाउने

लखनउ : कोरोना-१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण रोक्न भारतको उत्तर प्रदेश सरकारले रात्रिकालीन कर्फ्यू लगाउने घोषणा गरेको छ। यस सम्बन्धमा मुख्यमन्त्री आदित्यनाथले उच्चस्तरीय टोलीलाई निर्देशन दिएका छन्। सीएम योगीले २५ डिसेम्बरदेखि राज्यमा रात्रिकालीन कर्फ्यू घोषणा गरेको हो।

भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या दुई सय नाघेको छ।

कर्फ्यू जारी भएपछि विवाह कार्यक्रममा २०० जनाभन्दा बढी सहभागी हुन नपाउने भएका छन्। उनीहरुले कोभिड प्रोटोकलका साथ मात्र जान पाउनेछन्। राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाइनेछ।

भारतको विभिन्न राज्यमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दो छ। यसका साथै भाइरस संक्रमणबाट बच्न बजारमा ‘नो मास्क, नो सामान’ भन्ने सन्देशसहित व्यापारीलाई सचेत गराउन निर्देशन दिइएको छ। हरेक मानिसलाई मास्क अनिवार्य बनाएको छ।

यसका साथै यहाँको सरकारले देशको कुनै पनि राज्य वा विदेशबाट यूपीको सीमामा आउने प्रत्येक व्यक्तिको ट्रेसिङ-टेस्ट गर्न निर्देशन दिएको छ। यससँगै बस, रेल र विमानस्थलमा थप सतर्कता अपनाउन भनिएको छ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ लाख ९१ हजार ४२८ नमूना परीक्षण गरिएकामा ४९ जनामा ​​नयाँ संक्रमण पुष्टि भएको छ। कुल सक्रिय कोभिड संक्रमितको संख्या २६६ छ। हालसम्म १६ लाख ८७ हजार ६५७ बिरामी कोरोना जितेर घर फर्किएका छन्।

यसअघि मध्य प्रदेशको सरकारले राज्यमा रात्रिकालीन कर्फ्यू लगाउने घोषणा गरेको थियो । ओमिक्रोनको सम्भावित लहरलाई ध्यानमा राख्दै, मध्य प्रदेश रात्री कर्फ्यू लगाउने पहिलो राज्य हो। यहाँ पनि राति ११ बजेदेखि बिहान ५ बजेसम्म रात्रि कर्फ्यु जारी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.