एसएसपी यादव मृत्यु प्रकरण : श्रीमती आएपछि मात्र शव निकालिने
रुपन्देही : झुण्डिएको अवस्थामा मृत फेला परेका संघीय प्रहरी इकाइ कार्यालय रुपन्देहीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवको शव उनकी श्रीमती आएपछि निकालिने प्रहरीले जनाएको छ।
यादवको श्रीमती काठमाडौंबाट दिउँसो ३ बजे भैरहवा पुग्ने बताइएको छ। यादवका बुवा-आमा घटनास्थल पुगिसकेका छन्।
उनी शुक्रबार झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। आफ्नै कार्यालयको क्वार्टरमा शुक्रबार दिउँसो १२:४५ बजेतिर झुण्डिएको अवस्थामा फेला परेको रुपन्देही प्रहरीले जनाएको छ।
यादव नवलपरासी रामग्राम नगरपालिका २ निवासी हुन्।