धार्मिक सामग्री फैलाउने विदेशीमाथि चीनको प्रतिबन्ध
बेइजिङ : चीन सरकारले धार्मिक सामग्री फैलाउने विदेशी संघसंस्था र व्यक्तिमाथि प्रतिबन्ध लगाएको छ । अनलाइनमार्फत चीनभित्र धार्मिक सामग्री फैलाउन खोज्ने ति निकायमाथि सरकारले प्रतिबन्ध लगाएको हो ।
चिनियाँ सञ्चारमाध्यममा बुधबार प्रकाशित रिपोर्टअनुसार कुनैपनि विदेशी संघसंस्था एवम् अधिकारीहरुले धार्मिक अनुष्ठानबारे कुनैपनि सूचना र सामग्रीलाई अनलाइनमार्फत प्रशारण तथा प्रकाशन गर्न पाउने छैनन् ।
त्यस्ता खाले सामग्री प्रशारण एवम् प्रकाशनका लागि ति निकायहरुले चीनको धार्मिक नियमकको अनुमति लिनुपर्ने साउथ चाइना मर्निङ पोष्टमा उल्लेख छ । करिब दुई हप्ताअघि चीनमा धार्मिक मामिलालाई व्यवस्थित बनाउने उदेश्यले बेइजिङमा आयोजित चिनियाँ राष्ट्रपति सि जिङपिङ सम्मिलित धार्मिक सम्मेलनपछि सरकारले सो निर्णय गरेको बताइएको छ ।
चीनको आन्तरिक सुरक्षाका लागि सरकारले सो निर्णय गरेको समेत बताइएको छ ।