एसएसपी यादव मृत्यु प्रकरण : घटनास्थल पुगे पूर्वआइजीपी प्रधान
भैरहवा : संघीय प्रहरी इकाइ कार्यालय भैरहवका प्रमुख एसएसपी सुशीलकुमार यादवको मृत्युपछि घटनास्थल (कार्यालय) मा नेपाल प्रहरीका पूर्वआइजीपी ध्रुवबहादुर प्रधान पुगेका छन् । आइजीपी प्रधान मृतक एसएसपीका मामा हुन् ।
शुक्रबार दिउँसो कार्यालयको क्वाटारमा एसएसपी यादवको शव झुन्डिएको अवस्थामा फेला परेको थियो । लुम्बिनी प्रदेशका डीआइजी प्रकाश अधिकारी भैरहवा आउने क्रममा रहेको जानकारी प्राप्त भएको छ ।
एसएसपी यादवको गाउँबाट उनका आफन्त र गाउँलेहरु कार्यालयमा आउने क्रम जारी छ।