हरभजन सिंहले गरे क्रिकेटबाट सन्यासको घोषणा

हरभजन सिंहले गरे क्रिकेटबाट सन्यासको घोषणा

नयाँ दिल्ली : भारतीय क्रिकेट टिमका अनुभवी  स्पिनर हरभजन सिंहले  क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन्। उनले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत  सन्यासको घोषणा गरेका हुन्। यसका साथै उनको २३ वर्षको करियरको अन्त्य भएको छ।

४१ वर्षीय हरभजनले लेखेका छन् :' सबै राम्रा कुराको अन्त्य हुन्छ र आज म त्यो खेललाई विदाइ दिन्छु। जसले मलाई जीवनमा सबै कुरा दिएको छ।म सबैलाई धन्यवाद दिन्छु।'

हरभजन पछिल्लो आइपीएल सिजनमा कोलकाता नाइट राइडर्ससँग जोडिएका थिए। स्पिनर सिंहले पछिल्लो आइपीएलमा जम्मा ३ खेल खेलेका थिए, जसमध्ये उनले एउटा खेलमा पनि सफलता पाउन सकेनन्।

रिपोर्टका अनुसार हरभजनले कुनै पनि आइपीएल टोलीसँग प्रशिक्षक वा मेन्टरको भूमिका खेल्न सक्छन्। हरभजनले आफ्नो बलिङबाट टीम इण्डियाका लागि धेरै खेल जितेका थिए ।

हरभजन सिंह अर्को आइपीएल सिजनका लागि कुनै एक टोलीलाई प्रशिक्षक वा मेन्टरको रूपमा सामेल हुनसक्छन्। हरभजन सिंहले सन् २०१६ मा भारतका लागि आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेका थिए।

उनले कोलकाताको इडेन गार्डेनमा २००१ मा अस्ट्रेलिया विरुद्धको ऐतिहासिक टेस्ट खेल खेलेका थिए। यसबेला हरभजन २१ वर्षका थिए । त्यो खेलपछि हरभजन सिंह टीम इन्डियाको महत्वपूर्ण हिस्सा बने।

लेग स्पिनर अनिल कुम्बलेसँगको उनको जोडीले टीम इंडियालाई धेरै ऐतिहासिक जीत दिलायो। २००० देखि २०१० सम्म हरभजन सिंह र अनिल कुम्बलेको जोडीले भारतीय स्पिनको अगाडि कब्जा जमाएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.