क्रिसमसको अवसरमा जर्मनका बाढी पीडितले पाए घर

क्रिसमसको अवसरमा जर्मनका बाढी पीडितले पाए घर

बर्लिन : जर्मनका बाढी पीडितले घर पाएका छन् । गएको वर्षायामको बाढीबाट पीडित बनेका उनीहरुले क्रिसमसको अवसरमा साना घर पाएका हुन् । गत जुलाई महिनामा जर्मनमा बाढीले तहसनहस बनाएको थियो ।

करिब ६ दशकयताकै ठूलो बाढीका कारण जर्मनभर १८० मानिसले ज्यान गुमाएका थिए । सो बाढीका कारण जर्मनका घर, भवन, सडक, पुल र अन्य संरचनामा ठूलो क्षति पुगेको थियो । बाढीले सबैभन्दा बढि दक्षिणी जर्मनमा क्षति पुगेको थियो ।

सो समयमा जर्मन सरकारले राहतस्वरुप बाढी पीडितहरुको नाममा करिब ३० बिलियन युरो रकम छुट्याएको थियो । सो रकमअन्र्तगत सरकारले बाढी पीडितका लागि सन् २०२२ फेब्रुअरीसम्म बनाउने घोषणा गरेको थियो ।

बाढी पीडितका लागि सरकार र नीजि क्षेत्रबाट उठेको रकमले लक्ष्य अगावै परियोजना सम्पन्न गरेको डीडब्ल्यु न्युजमा खबर छ । क्रिसमसको अवसरमा नयाँ घर पाएकोमा आफूहरु निकै हर्षित भएको त्यहाँका बाढी पीडितले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.