‘जानकी’ प्रदेशमा एमालेको समर्थन

‘जानकी’ प्रदेशमा एमालेको समर्थन

जनकपुरधाम: प्रदेश २ को नामका लागि ‘जनक प्रदेश’को प्रस्ताव दर्ता गराएको नेकपा एमालेले ‘जानकी प्रदेश’मा समर्थन जनाएको छ। शुक्रबार बसेको प्रदेशसभा बैठकमा नेकपा एमालेकी सांसद शारदा देवी थापाले जानकी प्रदेशमै आफूहरुको समर्थन रहेको बताएकी छन्। पार्टी विभाजनअघि नेकपा एमालेको तर्फबाट प्रमोदकुमार यादवले ‘जानकी प्रदेश’ र शारदा देवी थापाले ‘जनक प्रदेश’ नाम दर्ता गराएकी थिइन्।

प्रदेशसभा बेठकमा बोल्दै नेकपा एमालेकी सांसद शारदा देवी थापाले नेकपा एमालेले पनि ‘जानकी’ प्रदेशमै समर्थन रहेको बताइन्। उनले जानकी प्रदेशभन्दा उचित कुनै अर्को नाम नहुनेसमेत दाबी गरिन्। ‘सुरुमा हामीले जानकी प्रदेश नै दर्ता गराएका थियौं, पछि नेकपा एकीकृत समाजवादी पार्टीले जानकीमै अडेर बस्नुभयो, हामी जनक प्रदेश दर्ता गरायौं। नेकपा एमाले पनि जानकी प्रदेशलाई नै समर्थन गर्छौं,’ उनले भनिन्।

थापाले जनककै नाममा जनकपुर नाम पर्न गएकाले जनकनन्दिनी जानकीको नाममा प्रदेशको नाम हुँदा आफूहरुका लागि त्योभन्दा बढी सौभाग्यको कुरा केही नहुने बताइन्। अन्तर्राष्ट्रिय स्तरमा पनि चिनिने सबैभन्दा ठूलो संरचना माता जानकीकै मन्दिर रहेको र पर्यटकहरु पनि यसैका लागि यहाँ आउने गरेकाले जानकी प्रदेश उचिन नाम हुने बताइन्।

प्रदेशसभा सदस्य थापाले मुख्यमन्त्री राउतले समेत प्रदेशमा छोरीहरुका लागि विभिन्न अभियान सञ्चालन गरेको तथा तिनीहरुको अधिकारका कुरा गर्ने गरेकाले पनि जानकी नाम सबैभन्दा प्रभावकारी हुने बताइन्। जानकी नाम नारीमैत्री समेत रहेको उनले बताइन्।

एमालेकै सांसद किशोरी साह कमलले जानकी नामको उच्चारण र त्यसलाई हेर्ने दृष्टिकोणले नै परिवर्तन गरिरहेको बताए। उनले रामायण सर्किटअन्तर्गत जनकपुरधामलाई जोडने कुरा भइरहेकाले प्रदेशको नाम सुझबुझका साथ जानकी नै उत्कृष्ठ हुने बताए।

कमलले सत्तापक्षसँग समेत जानकी प्रदेश नाममै समर्थन जनाउन आग्रह गरे। ‘अहिले तपाईँहरुकै सरकार दुई तिहाइ छ। तपाईँहरु भागबण्डा, मन्त्रालयका बाँडफाँड र पैसा कमाउनुस् तर नाममा बार्गेनिङ नगर्नुस्,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.