एसएसपी मृत्यु प्रकरण : घटनास्थल पुगिन् श्रीमती, अब मुचुल्का उठाइने

एसएसपी मृत्यु प्रकरण : घटनास्थल पुगिन् श्रीमती, अब मुचुल्का उठाइने

भैरहवा: संघीय प्रहरी इकाइ कार्यालय भैरहवाका प्रमुख एसएसपी सुशील कुमार यादवकी श्रीमती रुपम कुमारी यादव घटनास्थल (भैरहवा) पुगेकी  छन्। उनी काठमाडौंबाट विमानमार्फत् साँझ भैरहवा आइपुगेकी हुन्। यसअघि एसएसपीका बुबा, आमालगायत परिवारका सदस्य कार्यालयमा पुगेका छन्। 

शुक्रबार दिउँसो एसएसपी यादवको शव कार्यालयको क्वाटरमा झुन्डिएको अवस्थामा फेला परेको थियो। श्रीमती नआएसम्म शव फेला परेको क्वाटरलाई सिल गरिएको थियो। श्रीमती पुगेपछि झुन्डिएको अवस्थामा रहेको शवलाई झारेर मुचुल्काको तयारी भइरहेको प्रहरी स्रोतले बतायो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.