कृषि कर्मका यादव  प्रदेश २ का कांग्रेस सभापति

कृषि कर्मका यादव  प्रदेश २ का कांग्रेस सभापति

जनकपुरधाम : नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशनबाट सभापति शेरबहादुर देउवा पक्षका नेता कृष्णप्रसाद यादव विजयी भएका छन्। विजयी भएलगत्तै नवनिर्वाचित सभापति कृष्ण यादवले कांग्रेसीहरुलाई एकत्रित गरेर पार्टीलाई मजबुत बनाउने लक्ष्य अघि सारे। 

उनले पार्टीको व्यवस्थापकीय कमजोरीका कारण प्रदेशमा कांग्रेस कमजोर भएको बताए। उनले भने, ‘कांग्रेसका लागि प्रदेश २ गढ नै थियो, तर व्यवस्थापकीय कमजोरीले विस्तारै कमजोर भयो। अब ती कमजोरीलाई हटाउँदै पार्टीलाई मजबुत बनाउँछु।’ 

उनले पार्टीलाई सक्रिय बनाउनका लागि युवाहरुलाई समेत सक्रिय बनाउने प्रतिवद्धता व्यक्त गरे। यादवले भने, ‘युवाहरुलाई जिम्मेवारी दिएर पार्टीमा सक्रिय बनाउने छु।’

यादव प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवलाई १ सय ४१ मतान्तरले पराजित गर्दै प्रदेश २ सभापतिमा विजयी भएका हुन्। देउवा पक्षका कृष्णले ९ सय ९६ मत ल्याएका थिए भने निधि–कोइराला समूहको साथ पाएका रामसरोजले ८ सय ५५ मत मात्र ल्याउन सके।

को हुन् कृष्ण यादव ?

प्रदेश २ कांग्रेसको सभापतिमा निर्वाचित कृष्ण यादवसँग संविधानसभा सदस्य र रौतहट जिल्ला सभापति भएर दुईपटक पार्टीलाई हाँक्ने अनुभव छ। रौतहटको गढीमाई नगरपालिकाका वीरनगराका कृष्णलाई ३२ वर्षे राजनीतिको अनुभव छ। पारिवारिक वातावरण नै राजनीतिक रहेकाले त्यसको छाप उनीमाथि समेत परेको छ। 

कृष्णका बुवा रामचन्द्र राय यादव पनि नेपाली कांग्रेस पार्टीमा रहेर सक्रिय राजनीति गरे। उनी २ पटक कांग्रेसबाटै गाविस अध्यक्षमा निर्वाचित भएका थिए। बुवा राजनीतिमा सक्रिय रहेका कारण उनी पनि राजनीतिमै सक्रिए थिए। वि.सं. २०४६ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएर निरन्तर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहको यादव कृषिबाट स्नातकसम्मको अध्ययन गरेका छन्। 

वि.सं. २०५६ सालदेखि नै नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य रहँदै आएका छन्। २०६४ सालमा रौतहट निर्वाचन क्षेत्र नं. ४ बाट संविधानसभा सदस्य भएर निर्वाचित भएका थिए। संविधानसभा सदस्य भएको ३ वर्षपछि भएको रौतहट जिल्ला अधिवेशनबाट २०६७ सालमा उनी पहिलो पटक जिल्ला सभापति बनेका थिए। त्यसपछि २०७२ सालमा समेत उनी रौतहट जिल्ला सभापति भएर काम गर्दै आइरहेका थिए।

रामसरोजले दिए कृष्णलाई बधाइ

सभापतिमा पराजित भएका रामसरोज यादवले निर्वाचित सभापति कृष्ण यादवलाई सफल कार्यकालको शुभकामना दिएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रदेश २ सभापति पदका लागि भएको निर्वाचनमा आफू र मेरो समूहलाई मतदान गर्ने सम्पूर्ण साथीहरुलाई हार्दिक आभार प्रकट गर्दछौँ।’ 

प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका रामसरोजको सरकारी निवासमा पुगेर सभापति कृष्णाले धन्यवाद ज्ञापन गरेका छन्। कृष्णाले प्रदेशमा कांग्रेसलाई सुदृढ र बलियो बनाउन सभापतिमा पराजित रामसरोजसँग सहयोग मागेका छन्। ‘आन्तरिक प्रतिस्पर्धा सकियो। प्रदेशमा कांग्रेसलाई मजबुत बनाउनु छ। तपाईंको सहयोग चाहिन्छ’, कृष्णाले भनेका थिए,‘तपाईंको आर्शीवाद र सहयोग चाहिएको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.