१४ महिने बालक अपहरण गर्ने भारतीय युवक पक्राउ

१४ महिने बालक अपहरण गर्ने भारतीय युवक पक्राउ

जनकपुरधाम : प्रहरीले १४ महिने बालकको अपहरण गरेको आरोपमा एक भारतीय युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार राज्यको जिल्ला सितामढी ग्राम पञ्चायत बाजपट्टी वडा नं. १० घर भइ धनुषाको जनकपुरधाम उप–महानगरपालिका–१६ पुल चोक स्थित डेरामा बस्दै आएका २५ वर्षीय सुरेश ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

बुधवार साँझ करिब ७ बजेदेखि जनकपुरधाम उप–महानगरपलिका–१७ मनहरपुरका रासलाल मुखियाको घर अगाडीको सार्वजनिक बाटोबाट उनका १४ महिने छोरा कृष्ण मुखिया हराएपछि प्रहरीमा जानकारी गराएका थिए। प्रहरी टोलीले खोजतलास गर्ने क्रममा ठाकुरलाई भारततर्फ बच्चा लिएर भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।

ठाकुरलाई बिहीबार अपराह्न करिब ४ बजे नगराइन नगरपालिका–२ स्थित नेपाल भारतको सिमाना नजिकै बच्चालाई लिएर भारततर्फ भाग्दै गरेको अवस्थमा नियन्त्रणमा लिइएको प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए। 

बालकलाई उनकी आमा संगिता मुखियाको जिम्मा लगाइ ठाकुरलाई धनुषा जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्दा शीर्षकमा म्याद थप लिइ थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.