क्रिसमसमा ओमिक्रोनको त्रास, भारतमा संक्रमितको संख्या ४१५ पुग्यो
नयाँदिल्ली : भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट संक्रमित हुनेको संख्या ४ सय १५ पुगेको छ । भारतका कतिपय राज्यले ओमिक्रोन फैलिन नदिन क्रिसमस र नयाँ वर्षलाई लक्षित गर्दै रात्रीकालिन क्लबहरु बन्द गराएका छन् ।
भारतमा कोरोनाबाट संक्रिय संक्रमितको संख्या ७७ हजार नाघेको त्यहाँका संचारमाध्यमहरुले जनाएका छन् । भारतका कतिपय राज्य क्रिसमस र नयाँ वर्ष मनाउन प्रतिबन्ध लगाएको छ । भारतको राजस्थान,महाराष्ट्र, हरियाणा लगायत स्थानमा ओमिक्रोनको जोखिम बढेको छ।