ओमिक्रोनको त्रासले अमेरिकामा सयौं उडान रद्द
वासिङटन डिसी : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन बढेपछि अमेरिकामा सयौं उडानहहरु रद्द भएका छन् । क्रिसमस मनाउन अन्य स्थानका लागि टिकट लिएकाहरुले ओमिक्रोन त्रासका कारण उडान रद्द गरे पछि हवाइ कम्पनीहरु मारमा परेका छन् ।
शुक्रबार मात्र विश्वभर ४ हजार उडानहरु रद्द भएका छन् । जसमा सवै भन्दा बढी अमेरिकी उडानहरु रद्द भएको बीबीसीमा समाचार छ । अमेरिकामा पनि ओमिक्रोनको संक्रमण बढदै गएको छ ।
दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोन हाल विश्वका अधिकांश मुलुकमा फैलिसकेको छ ।