मौसम फेरबदल भइरहेको छ, चिसो अझै बढ्न सक्ने : मौसमविद्

मौसम फेरबदल भइरहेको छ, चिसो अझै बढ्न सक्ने : मौसमविद्

काठमाडौं : पछिल्ला दिनमा काठमाडौं उपत्यकासहित देशैभर चिसो बढिरहेको छ । दिउँसो मधुरो घाम लागे पनि अधिकतम र न्यूनतम तापक्रममा फेरबदल भइरहेकाले चिसो अझै बढ्नसक्ने विज्ञले औँल्याएका छन् ।

गत एक सातामा न्यूनतम तापक्रम घटे पनि घाम लागेकाले तुलनात्मकरुपमा कम चिसो महशुस हुँदा दुई दिनयता राजधानीसहित देशभर बढी चिसो महशुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाको विवरणमा एकसाताको अवधिमा न्यूनतम दुईदेखि चार डिग्री र अधिकतम तापक्रम १६, १८ तथा २० हाराहारी थियो । आज काठमाडौंको न्यूनतम चार दशमलव चार र अधिकतम १८ डिग्री सेल्सियस रहेको छ ।

अबका दिनमा मौसम फेरबदल भइरहने छ । अझै चिसो बढ्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद् शान्ति कँडेलले आग्रह गरिन् ।

'अबका दिनमा मौसम फेरबदल भइरहन्छ, हल्का वर्षा र हिमपातको सम्भावना रहन्छ,' उनले भनिन्, 'अधिकतम तापक्रम एकरदुई डिग्री सेल्सियस बढे पनि न्यूनतम तापक्रम घट्ने र बदलीसँगै घाम कमजोर हुने हुनाले चिसो क्रमशः बढ्ने देखिन्छ, तापक्रम माइनस पुग्छ पुग्दैन अहिले भनिहाल्ने अवस्था छैन ।'

कँडेलका अनुसार अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । तथापी पश्चिमी वायुको सामान्य प्रभाव रहेको उनले बताइन् ।

उनका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । उच्च पहाडी भेगमा हल्का हिमपात र एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गर्ने गरेको छ । महाशाखाको विवरणमा पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहेको छ । प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भू-भागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यस्तै सुदूरपश्चिम प्रदेश तथा अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ । देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

महाशाखाले तराईका भू-भागमा बिहानको समयमा बाक्लो हुस्सु तथा कुहिरो लागुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षारसतर्कता अपनाउनसमेत अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.