उद्यमशीलता बढाउन जोड

उद्यमशीलता बढाउन जोड

काठमाडौं : बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाई मन्त्री बसन्त मानन्धरले सहकारीमार्फत उत्पादनमा जान जोड दिएका छन् । शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाको ११औं वार्षिक साधारणसभाका अवसरमा बोल्दै मन्त्री मानन्धरले कृषिमा यान्त्रिकरण भित्रयाएर उद्यमशीलता बढाउन जोड दिए । कृषि उत्पादन बढाउन प्रदेश सरकारले सिँचाइ व्यवस्था गर्न लागेको उनले बताए । सहकारीमार्फत रोजगारी सिर्जना र उत्पादन बढाउन जोड दिनुपर्ने उनको भनाइ छ ।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेकप्रसाद चौलागाईले सहकारीलाई उत्पादनमा जान ४७ वटा ऐन बाधक रहेको बताए । सहकारीले विद्युत उत्पादन गर्न, स्कुल सञ्चालन गर्न चाहन्छु’ उनले भने,‘तर ऐनले सहकारी नचिन्दा काम गर्न गाह्रो छ ।’ सहकारीमा लागेर सदस्यको आर्थिक उन्नती कति भयो भन्ने विषय मुख्य रहेको उनले बताए ।

सिभिल सहकारी जोगाउन प्रयास गरिए त्यसको नेतृत्वसँग बारम्बार छलफल गर्दा पनि गम्भीर नभएको बताए । ‘निदाएको अभिनय गर्नेलाई उठाउन सकिदैन’ उनले भने । संस्थाबारे सदस्यले बारम्बार जानकारी लिने गरेमा सहकारी समस्या नपर्ने उनले बताए ।

काठमाडौं महानगरपालिका-१४ का अध्यक्ष शोभा सापकोटाले २ वटा सहकारीको बदमासीले सिंगो सहकारी बदनाम हुन नहुने बताइन् । ‘पलायन भइरहेका दक्ष जनशक्तिलार्ई सहकारीले रोक्नुपर्छ’ उनले भनिन् ।

राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष ज्ञानबहादुर तामाङले सहकारीले रोजगारी र उद्यमशीलतामा जोड दिनुपर्ने बताए । केन्द्रीय बहुउद्देश्यीय सहकारी संघका महासचिव माधव तिमल्सिनाले बहुउद्देश्यीय सहकारीले बहुआयामिक परियोजना सञ्चालन गर्नुपर्ने बताए । सहकारी ऐनमा कुन पुँजीबाट ७०/३० को कारोबार गर्ने भन्ने स्पष्ट व्यवस्था नभएकाले सहकारीले काम गर्न नसकेको उनले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.