प्रधानमन्त्री कप महिला क्रिकेट : एपिएफ विजयी

प्रधानमन्त्री कप महिला क्रिकेट : एपिएफ विजयी

धनगढी : विभागीय टीम एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। एपिएफले प्रदेश १ लाई पराजित गर्दै सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो। 

धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको फाइनल खेलमा प्रदेश १ लाई ७ विकेटले हराउँदै एपिएफ च्याम्पियन भएको हो। उपाधि जितेसँगै विभागीय टिम एपिएफले नगद ५ लाखसहित ट्रफी र मेडल प्राप्त गरेको छ। उपविजेता भएको प्रदेश १ ले नगद ३ लाखसहित ट्रफी र मेडल पाएको छ।

एपिएफले टस जितेर पहिले फिल्डिङ रोजेपछि प्रदेश १ ले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट क्षतिमा ६७ रन बनायो। खराब ब्याटिङ गरेको प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ३४ रन बनाइन्। अप्सरी वेगमले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन अंक जोड्न सकेनन्। एपिएफका लागि सीता राना मगरले ३ र रेखा रावलले २ विकेट लिइन्। 

प्रदेश १ ले दिएको ६८ रनको लक्ष्य एपिएफले १४ दशमलव २ ओभरमा ३ विकेट क्षतिमा पूरा गर्‍यो। एपिएफका लागि ओपनर ज्योति पाण्डेयले अविजित ३७ रन बनाइन्। ममता चौधरीले १७ रन थपिन्। 

७ रनमा दुई विकेट गुमाएर दवावमा आएको एपिएफलाई ज्योति र ममताले जितसम्म डोर्‍याएकी हुन्। प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ३ विकेट लिइन्। खेलमा एपिएफकी सीता राना मगर प्लेयर अफ द म्याच भइन्। नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा  पुस ३ गतेदेखि सुरु भएको प्रतियोगिता आइतबार सकिएको छ। 

यस्तै प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिमाथि एपिएफले कब्जा गर्दा प्रतियोगिताका विधामा भने प्रदेश १ ले कब्जा जमाएको छ। प्रतियोगिताकै उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सओम्यान र उत्कृष्ट बलर गरी तीन वटै विधामा प्रदेश १ ले बाजी मारेको हो। 

प्रदेश १ की कप्तान रुविना क्षेत्री प्रतियोगिताकै उत्कृष्ट खेलाडी भइन्। उनले नगद २५ हजारसहित मेडल पाइन्। उनले प्रतियोगितामा ५ खेल खेल्दा १५७ रन बनाइन्। जसमा उनको एक अर्धशतक सामेल रहेको छ। सर्वाधिक ७६ रनको पारी खेलेकी उनले प्रतियोगितामा १९ चौका प्रहार गरिन्। 

प्रतियोगितामा प्रदेश १ की अप्सरी वेगम उत्कष्ट ब्याट्ओम्यान भइन्। उनले प्रतियोगितामा एक सय ७६ रन बनाइन्। जसमा उनले दुई वटा अर्धशतक बनाएकी थिइन्। 

प्रतियोगितामा प्रदेश १ कै अलिशा खाडिया उत्कृष्ट बलर भइन्। उनले प्रतियोगिताका ५ खेलमा ९ विकेट लिइन्। १७ ओभर बलिङ गरेकी उनले २ दशमलव ५२ को इकोनोमी राख्दा ५ ओभर मेडन गर्दै ४३ रन खर्चिन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.