देशभर एमालेको जनलहर छ, आगामी निर्वाचनमा बहुमत आउँछ : ओली

देशभर एमालेको जनलहर छ, आगामी निर्वाचनमा बहुमत आउँछ : ओली

दमक : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन्। देशभरी एमालेको पक्षमा जनलहर आएकाले एमालेको बहुमतलाई कसैले रोक्न र छेक्न नसक्ने उनले उल्लेख गरे।

दमक नगरपालिका–३ स्थित निर्माणाधिन दमक भ्यूटावरको अवलोकन पछि आइतबार आयोजित सभामा अध्यक्ष ओलीले एमालेले गरेको कामलाई देखेर जनताले फेरि तीनै तहको निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत दिएर जिताउने बताए। ‘एमालेलाई देशी, विदेशी शक्तिले सत्ताबाट हटाएको हो’, उनले भने, ‘अब जनताले बहुमत दिएर एमालेलाई फेरि सिंहदरबारमा पुर्‍याउँछन्।’

शनिबार गृह जिल्ला आएका अध्यक्ष ओली सोमबारसम्म दमकमा रहने बताइएको छ। झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित अध्यक्ष ओलीले आइतबार र सोमबार आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.