उद्यमी जन्माउँदै सहकारी

उद्यमी जन्माउँदै सहकारी

काठमाडौं  : नारायणी कोइरालाले बर्दघाटको दाउन्नेदेवी बहुउद्देश्यीय सहकारीबाट ऋण लिएर २० वर्षअघि व्यवसाय थालिन्। सुरुमा हाटबजार व्यवसाय गरिन्। पछि कपडा व्यवसायमा समेत लगानी गरेकी उनी सफल उद्यमी बनेकी छन्। 

सामान लिन काठमाडौं गएका बेला श्रीमान्को दुर्घटनामा निधन भयो। ‘शोकलाई शक्तिमा बदलेर दत्तचित्त भएर व्यवसायमा लागिरहेँ,’ उनी भन्छिन्, ‘५० हजार ऋण लिएर थालेको व्यवसायका कारण घर बनाउन सफल भएकी छु। सन्तानलाई राम्रो शिक्षा दिएकी छु।’ 

कावासोतीमा रहेको नवत्रिवेणी बहुउद्देश्यीय सहकारीबाट ऋण लिएर नवराज श्रेष्ठले फोटोकपी पसल गर्दै आएका छन्। श्रेष्ठले १ लाख १६ हजार रुपैयाँ स्वरोजगार ऋण लिएर व्यवसाय सुरु गरेका थिए। अहिले ३० लाख पुगेको छ। सहकारीबाट ऋण लिन छिटो हुने भएकाले व्यवसाय गर्न सजिलो भएको उनी सुनाउँछन्। ‘सहकारी नभएको भए विदेश जान्थें होला,’ उनी भन्छन्, ‘यहीँ मासिक ६० हजारसम्म कमाइरहेको छु।’ रूपन्देही रेवीलाल न्यौपाने सैनामैनामा रहेको गुलाब बहुउद्देश्यीय सहकारीबाट ऋण लिएर ९ कठ्ठा जग्गामा आलुखेती गर्छन्। उनले आठ वर्षअघि ३५ हजार निब्र्याजी ऋण लिएर खेती थालेका हुन्। 

कोइराला, श्रेष्ठ, र न्यौपाने उदाहरण मात्र हुन्। सहकारीबाट सहुलियतमा ऋण लिएर हजारौं सदस्यले कृषि तथा व्यवसाय गरेका छन्। स्वरोजगार हुनुका साथै थप रोजगारीसमेत सिर्जना गरेका छन्। संस्था आफैंले पनि केराखेती गरिररहेको गुलाब सहकारीका अध्यक्ष गोपाल भण्डारी बताउँछन्। ‘संस्था आफैंले पनि उत्पादनमा जोड दिइरहेको छ’ उनले भने, ‘हामी सदस्यलाई निब्र्याजी लगानी गरेर पनि उद्यमी बनाइरहेका छौं।’ सहकारीमार्फत उद्यमशीलता बढ्नुका साथै रोजगारी सिर्जना भइरहेको राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले बताए। ‘बैंकले कृषि उत्पादन र उद्यमशीलता बढाउन सस्तोमा ऋण लगानी गरिरहेको छ,’ उनले भने, ‘सहकारीले आफ्ना सदस्यलाई उद्यमी बनाइरहेका छन्। 

सहकारी विभागको तथ्यांकअनुसार देशभर ३० हजार सहकारी छन्। ८८ हजार ३ सय ९ जनाले सहकारीमार्फत रोजगारी पाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.