कोरोनाको डर, एकै दिन १३ सय उडान रद्द
वासिङटन डिसी : कोरोनाको डरले अमेरिकी एयरलाईन्सले एकै दिन १३ सय उडान रद्द गरेको छ । उसले कोरोना संक्रमण उच्च गतिमा फैलिरहेको भन्दै आइतबार मात्र विभिन्न गन्तव्यका १३ सय उडान रद्द गरेको अन्तराष्ट्रिय संचारमाध्यममा समाचार छ ।
कोरोनाको नयाँ भेरियन्टले समेत त्रास बढाएको छ । अमेरिका, बेलायत, फ्रान्स, भारत लगायतका मुलुकमा कोरोनाको संक्रमण उच्च गतिमा फैलिरहेको छ । दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोन भाइरस अहिले विश्वका अधिकांश मुलकहरुमा फैलिसकेको छ ।