यी हुन् २०२१ का सबैभन्दा महंगा ५ प्राकृतिक प्रकोप

यी हुन् २०२१ का सबैभन्दा महंगा ५ प्राकृतिक प्रकोप

लण्डन : यो वर्ष अर्थात् सन् २०२१ मा विश्व कोभिड-१९ महामारीको चपेटामा मात्र नभई प्राकृतिक प्रकोपको चपेटामा पनि पर्यो । संसारभर बाढी, पहिरो, आँधी, तुफान, ज्वालामुखी र डढेलो आदि जस्ता प्राकृतिक प्रकोपले यस वर्ष झन ठूलो विनाश ल्यायो । 

प्राकृतिक प्रकोपका कारण हुने क्षती गत वर्षको तुलनामा यसवर्ष १३ प्रतिशतले बृद्धि भएको बेलायती प्राकृतिक सहायता समूहले पत्ता लगाएका छन् । ब्रिटिस एडका अनुसार जलवायु परिवर्तनका कारण प्रतिकुल बनेको मौसमले यस वर्ष संसारभर १सय७० बिलियन डलरभन्दा बढिको भौतिक क्षती पुग्यो । प्राकृतिक प्रकोपका कारण सन् २०२० को तुलनामा यसवर्ष २० बिलियन डलरभन्दा बढि क्षती पुगेको सो समूहले जनाएको छ । यस्तै क्रिस्चियन एडका अनुसार मानवनिर्मित जलवायु परिवर्तनले यसवर्ष संसारभर कम्तीमा ११ सय मानिसले ज्यान गुमाएका छन् भने करिब १ करोड ३० लाख मानिस विस्थापित भएका छन् । 

यस्तै विभिन्न सरकारी एवम् गैरसरकारी संस्थाले विभिन्न तथ्यांकको आधारमा यस वर्षका सबैभन्दा महंगा एवम् विनाशकारी प्राकृतिक प्रकोपलाई सूचीमा राखेका छन् । 

१. हुरिकेन ईदा 
अगष्ट अन्तिममा विनाशकारी आँधी हुरिकेन ईदाले क्यारेवियन क्षेत्र, अमेरिकाको लुइजिनिया र आसपासको क्षेत्रमा ठूलो क्षती पुर्यायो । सो आँधीपछि तहसनहस परेका क्षेत्रमा करिब ६५ बिलियन डलर बराबरको भौतिक क्षती पुगेको आँकलन गरिएको छ । 

२. युरोपियन बाढी
गएको जुलाईमा भारी वर्षापछि युरोपका विभिन्न मुलुकमा बाढीले तहल्का मच्चायो । जर्मनी, फ्रान्स, नेदरल्याण्डस, बेल्जियम र लक्जेमबर्ग आदी मुलुक सो बाढीबाट सबैभन्दा बढि प्रभावित बने । करिब २सय४२ मानिसको ज्यान लिएको सो बाढीले त्यस क्षेत्रमा करिब ३३ बिलियन युरोभन्दा बढि मूल्य बराबरको भौतिक क्षती पुर्यायो । 

३. टेक्सास, हिम आँधी 
गत फेब्रुअरीमा महिनामा अमेरिकी राज्य टेक्सासमा हिमआँधीले ठूलो विनाश पुर्यायो । सो आँधीपछि  टेक्सासमा लामोसमयसम्म विद्युत् अवरुद्ध बन्यो । २० वर्षमा पहिलोपटक स्थानियवासीले अन्धकारमा बस्नुपर्यो भने त्यहाँको बाह्य तापक्रम माइनस ११ डिग्रि सेल्सियसमा झर्यो । सो आँधीका कारण करिब २४ बिलियन डलरभन्दा बढि रकम बराबरको बीमामा क्षती पुग्यो । 

४. हेनान बाढी
मध्य जुलाईमा चीनको हेनान प्रान्तमा आएको बाढीले करिब ८ लाखभन्दा बढि स्थानिय बासिन्दाको उठिबास बनायो भने करिब १ करोड ४० लाख स्थानीय मानिस प्रभावित बने । सो बाढीले ३ सयभन्दा बढि मानिसको ज्यान लियो भने सो क्षेत्रमा करिब १७.६ बिलियन डलर रकम बराबरको भौतिक क्षती पुग्यो । 

५. ब्रिटिस कोलम्बिया बाढी
पश्चिमी क्यानडेली क्षेत्र ब्रिटिस कोलम्बियामा नोभेम्बरमा आएको बाढीले करिब ५.६ बिलियन पाउण्ड बराबरको भौतिक क्षती पुग्यो । 

माथिको सूची बीमा दाबी गरिएका विकसित मुलुकहरुले बेहोर्नुपरेको क्षती मात्र उल्लेख गरिएपनि  विकासोन्मुख मुलुकहरुमा प्राकृतिक प्रकोपले झन ठूलो क्षती पुगेको रिपोर्टले देखाएको छ । 

यसै वर्ष दक्षिण सुडानमा आएको बाढीले करिब ८ लाख भन्दा बढि मानिस घरबार विहिन बनेका छन् । यस्तै अक्टोबर महिनादेखि डिसेम्बर अन्तिमसम्म बंगलादेश र भारतमा आएको आँधी तुफान, फिलिपिन्समा गएको बाढी आदिबाट संसारभर २सय५० विलियन डलर बराबरको क्षती भएको अनुमान गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.