७३ वर्षीया महिलाको पेटमा साढे ४ पाउण्डको 'स्टोन बेबी' !

७३ वर्षीया महिलाको पेटमा साढे ४ पाउण्डको 'स्टोन बेबी' !

नयाँ दिल्ली : अल्जेरियाकी एक ७३ वर्षीया महिलाको पेटमा साढे ४ पाउण्डको पत्थर 'स्टोन बेबी' पत्ता लागेको छ। चिकित्सकका अनुसार एक्स-रे गर्दा ती महिलाको पेटमा सो पत्थर  पत्ता लागेको हो। यो पत्थर महिलाको गर्भमा ३५ वर्षदेखि रहेको जनाइएको छ। अनुसन्धानपछि यो पत्थर सात महिनाको भ्रूणजत्रै भएको पत्ता लागेको हो।

द सनमा प्रकाशित समाचारअनुसार यसअघि पनि ती महिलाले स्वास्थ्य जाँच गराएकी थिइन्। तर चिकित्सकले यसबारे पत्ता लगाउन सकेका थिएनन्। यसपटक भने अत्यधिक दुखाइपछि उनी चिकित्सककहाँ जचाउन गएकी थिइन्। सोही क्रममा चिकित्सकले यति ठूलो पत्थर भेटाएको हो।

समाचारमा बताइए अनुसार ४.५ पाउन्‍डको यो पत्थर ३५ वर्षदेखि ती महिलाको पेटमा थियो। तर, यो पत्थरले उनलाई खासै दु:ख भने दिएको थिएन्। कहिलेकाही पिडा भने दिन्थ्यो। चिकित्सकले यसलाई 'लिथोपेडियन' भनेका छन्। सामान्यतया गर्भावस्थामा रगत नहुँदा भ्रूणको विकास हुँदैन। जसका कारण शरीरमा भ्रूण बाहिर निकाल्ने उपाय हुँदैन। त्यसपछि शरीरले त्यही प्रतिरक्षा प्रक्रिया प्रयोग गरेर विस्तारै भ्रूणलाई पत्थरमा परिणत गर्छ। यसकारण महिलाको पेट विस्तारै पत्थरमा परिणत भएको हो। त्यसैले महिलाको पेटमा भेटिएको पत्थरलाई ‘स्टोन बेबी’ भनिएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.