खैरो हेरोइनको तस्करी बढ्दो

खैरो हेरोइनको तस्करी बढ्दो

राजविराज : सप्तरी, सिरहा र सुनसरीमा पछिल्लो समय खैरौ हेरोइनको व्यापार बढ्दो क्रममा छ। पाँच दिनको अवधिमा खैरौ हेरोइनसहित ४ जना पक्राउ परेको प्रहरीले जनाएको छ। प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित पूर्व–पश्चिम लोकमार्ग सडकखण्डबाट सिरहाका २ जना पक्राउ परेको  जनाएको हो । 

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–३ का २८ वर्षीय परमानन्द साह र धनगढीमाई नगरपालिका–११ का २८ वर्षीय दीपेन्द्रकुमार महतो पक्राउ परेको एसपी अविनारायण काफ्लेले बताए। एसपी काफ्लेका अनुसार उनीहरूको साथबाट ८ ग्राम ५५० मिलिग्राम खैरौ हेरोइन बरामद भएको छ।  उनीहरू सवार प्र–०१–००१प.३१४० नम्बरको मोटरसाइकल चेकजाँच गर्दा महतोको साथबाट बरामद भएको हो। 

यसअघि बिहीबार सप्तरीको कञ्चनरूप नगरपालिकाबाट २ जना भारतीय नागरिकलाई २२ ग्राम खैरो हेरोइन (ब्राउन सुगर)सहित प्रहरीले पक्राउ गरेको थियो। कञ्चनरूप–२ स्थित पूर्व–पश्चिम लोकमार्गबाट भारतको सुपौलको भीमनगर ग्राम पञ्चायत–४ बस्ने ३१ वर्षीय गोलु भनिने रतन शर्मा र सोही ठाउँका ३५ वर्षीय जयप्रकाश पासवान पक्राउ परेका हुन्। भारतीय नम्बर प्लेट बीआर ५०आर२४९६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा पक्राउ परेका आरोपितले भारतबाट खैरौ हेरोइन लिएर आएको र लागूऔषध ओसारपसार गर्न थालेको स्वीकारेका छन्। भदौमा घरमै भण्डारण गरी बिक्री वितरण गरिरहेको सूचनाका आधारमा प्रहरीले घर खानतलासी गर्दा सप्तरीको हनुमाननगरबाट ठूलो परिमाणमा ३ किसिमका ब्राउन सुगर बरामद गरेको थियो। हनुमाननगर कंकालिनी–८ का धीरेन भनिने धीरेन्द्रकुमार यादवको घर कोठाबाट १२२.३६ ग्राम ब्राउन सुगर बरामद भएको थियो।

प्रहरीका अनुसार यादवको घरमा खैरो रङको ब्राउन सुगर ४६.६४ ग्राम, सेतो रङको ब्राउन सुगर ५०.६६ ग्राम र कालो रङको ब्राउन सुगर २५.०६ ग्राम बरामद भएको हो। इलाका प्रहरी कार्यालय लौकही, सुनसरीबाट खटिएको प्रहरी टोलीले सुनसरी जिल्ला कोसी गाउँपालिका–८ भण्टाबारीबाट लागूऔषध ब्राउन सुगरसहित ४० वर्षीय शम्भुलाई जेठ २७ गते पक्राउ गरेको थियो। शम्भुबाट ९.५४० ग्राम खैरो हेरोइन बरामद भएको थियो। 

यसअघि सप्तरी प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका–७ का २७ वर्षीय भरत शर्मा र उनका भाई १९ वर्षीय निरज शर्मालाई ०७७ कात्तिक १ गते ५० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो। निरजले चलाएको स.७ प १८६५ नम्बरको मोटरसाइकल इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीबाट खटेको प्रहरी टोलीले अग्निसाइर कृष्णासवरन गाउँपालिका– ५ बकधुवास्थित महदेवा गाउँबाट महुलीतर्फ जाने भित्री सडकखण्डमा रोकेर जाँच गर्दा ब्राउन सुगर बरामद भएको थियो।

पछिल्लो समय सप्तरी र सुनसरीमा ब्राउन सुगर बरामद परिणामका आधारमा त्यस्ता प्रकारका वस्तुहरूको सेवनकर्ता ह्वात्तै बढेको अनुमान गरिएको छ। एसपी काफ्लेका अनुसार भारतबाट ल्याइने लागूऔषध उदयपुर र धरानलगायतका ठाउँमा जाने गरेको छ। विभिन्न मुलुकबाट नेपालमा लागूपदार्थ भिœयाउने वा नेपाल हुँदै अन्य मुलुक लैजाने क्रम विगतदेखि नै चल्दै आएको लागूऔषध नियन्त्रण ब्यूरोले समेत जनाएको छ। त्यसका अतिरिक्त खुला सीमाको फाइदा उठाउँदै भारतबाट त्यस्ता लागूपदार्थ अन्य नाकाहरूबाट नेपाल भिœयाउने गरिएको छ।

नेपाल प्रहरीका अनुसार नेपालमा लागूपदार्थ भित्रिने नाकाहरूमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगन्ज, भैरहवा र काँकडभिट्टा प्रमुख हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.