अफगान महिलालाई यात्रामा प्रतिबन्ध

अफगान महिलालाई यात्रामा प्रतिबन्ध

काबुल : अफगान महिलालाई लामो यात्रामा प्रतिबन्ध लगाइएको छ। अब उनीहरूले लामो दूरीको सडक यात्रा गर्नुपरे पुरुष आफन्तको साथमा मात्रै अनुमति पाउनेछन्। उक्त निर्देशन आइतबार जारी गरिएको हो। 

गत अगस्टमा इस्लामवादी समूहले सत्ता कब्जा गरेपछि महिला अधिकारमाथिको यो पछिल्लो प्रतिबन्ध हो।  निर्देशनअनुसार अब महिलाले ७२ किलोमिटरभन्दा बढी यात्रा गर्न परिवारका नजिकका पुरुष साथमा हुनुपर्छ। अफगानिस्तानमा अधिकांश माध्यमिक विद्यालयहरू छात्राका लागि बन्द छन् भने अधिकांश महिलालाई काम गर्न प्रतिबन्ध लगाइएको छ। ‘ह्युमन राइट्स वाच’ नामक अभियान समूहले नयाँ प्रतिबन्धले महिलालाई बन्दी बनाउनेतर्फ डोर्‍याएको बताएको छ। 

महिला अधिकार समूहका सहनिर्देशक हिदर बारले यस आदेशले महिलाको स्वतन्त्र रूपमा हिँड्डुल गर्ने अवसर बन्द हुने बताए। 

उनका अनुसार यस निर्देशनले घरेलु हिंसाको सामना गरिरहेका महिलालाई पनि भाग्ने अवसरबाट वञ्चित गर्नेछ। ‘मलाई साँच्चै नराम्रो लाग्यो,’ काबुलमा बस्ने सुँडेनी फातिमाले निर्देशनप्रति प्रतिक्रिया जनाउँदै भनिन्, ‘म स्वतन्त्र रूपमा बाहिर जान सक्दिनँ। म वा मेरो बच्चा बिरामी भयो र मेरो श्रीमान् यहाँ हुनुभएन भने के गर्ने ?’ उनले तालिबानले आफूबाट खुसी खोसेको बताइन्। भनिन्, ‘हामीले हाम्रो स्वतन्त्रता र खुसी दुवै गुमाएका छौं।’

निर्देशनले आफ्नो अनुहार नढाकेका महिलालाई सवारीसाधनमा नचढाउन पनि सवारी धनीहरूलाई आह्वान गरेको छ। यद्यपि, यसले कुन प्रकारको कपडाले अनुहार ढाक्ने भनेर उल्लेख गरेको छैन। सवारीसाधनमा गीत बजाउन पनि रोक लगाइएको छ। सन् १९९० को दशकमा तालिबानको अघिल्लो शासनकालमा महिलालाई शिक्षा र कार्यस्थलबाट प्रतिबन्ध लगाइएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.