भारतीय क्रिकेटर सौरव गांगुलीलाई कोरोना संक्रमण
नयाँ दिल्ली : भारतीय क्रिकेट कन्ट्रोल बोर्डका अध्यक्ष सौरव गांगुलीलाई कोरोना संक्रमण भएको छ । उनको अहिले कोलकत्तास्थित वुडलैंड्स अस्पतालमा उपचार भइरहेको भारतीय संचारमाध्यममा समाचार छ ।
क्रिकेटर गांगुलीको सोमबार कोरोना परिक्षण गरिएको थियो । भारतीय क्रिकेटका पूर्वकप्तान केही अघि समेत विरामी भएर अस्पताल भर्ना भएका थिए । गत जनवरीमा गांगुलीको एन्जिोप्लास्ट समेत गरिएको भारतीय संचारमाध्यममा समाचार छ।