एलन मस्कसँग चीन किन रिसायो ?

एलन मस्कसँग चीन किन रिसायो ?

बेइजिङ : प्रविधिका टाइकुन एलन मस्कसँग चीन रुष्ट बनेको छ । मस्कको भू-उपग्रह स्टारलिंकले दुई पटक आफ्नो भू-उपग्रहसँग टक्कर दिन खोजेको भन्दै चीन उनीसँग रुष्ट बनेको हो । अन्तर्राष्ट्रिय मिडियामा प्रकाशित रिपोर्टअनुसार मस्कको एरोस्पेस कम्पनी स्पेस एक्सद्धारा निर्मित स्टारलिंक भू-उपग्रहले चीनको भू-उपग्रहलाई यसवर्ष दुई पटक टक्कर दिने प्रयास गरेको चीनको आरोप छ ।

मस्कको भू-उपग्रहबाट बच्न आफूले सर्तकता अपनाउँदा पनि गएको जुलाई र अक्टोबरमा स्टारलिंकले टक्कर दिन खोजेको चीनद्वारा हालै जारी रिपोर्टमा उल्लेख छ । सो घटनालाई उल्लेख चीनले संयुक्त राष्ट्रसंघ समक्ष अमेरिकाले अन्तरिक्ष र भू-उपग्रहसम्बन्धी दुई देशबीच भएको सम्झौता स्मरण गराउन चेतावनी दिएको छ ।

‘बाह्य अन्तरिक्ष सन्धीसम्बन्धी हामीबीच भएको सम्झौताबारे अमेरिकालाई ज्ञात गराइदिन हुन संयुक्त राष्ट्रसंघ समक्ष हाम्रो अनुरोध छ,' चिनियाँ स्पेस पक्षद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा अन्तरिक्षमा रहेको राष्ट्रिय र अन्र्तराष्ट्रिय क्षेत्रमा अमेरिकाले निकै असामान्य ढंगले गरेको गतिविधिको अन्र्तराष्ट्रिय जिम्मेवारी स्वयम्ले नै व्यहोर्नुपर्नेछ ।’

एलन मस्कको स्पेस एक्स कम्पनीले अमेरिकी संघीय सञ्चार आयोगको अनुमतीमा १६ सयभन्दा बढि भू-उपग्रहहरु अन्तरिक्षमा पठाइसकेको छ भने हालसम्म १२ हजारभन्दा बढि भू-उपग्रहहरु अन्तरिक्षमा लन्च गर्ने तयारीमा छ । चीनको अन्तरिक्ष कार्यक्रमले सन् २०२१ म मात्र पाचवटा अन्तरिक्ष मिसन पुरा गरेको छ ।

चीनको प्रतिक्रियाप्रति स्पेस एक्सले भने हाल मुख नखोलेको अन्र्तराष्ट्रिय मिडियामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.