संसारकै चिसो सहर, जहाँको तापक्रम माइनस ७१ डिग्रीसम्म पुग्छ

संसारकै चिसो सहर, जहाँको तापक्रम माइनस ७१ डिग्रीसम्म पुग्छ

अन्टाकर्टिका : धुव्रीय क्षेत्र र उच्च हिमाली क्षेत्रको हिसाबले हेर्दा पृथ्वीमा चिसो हुने स्थानहरु प्रशस्तै छन् । जाडोयाममा पृथ्वीको अधिकांश भू-भागतिर चिसो हुनेगर्छ । तर, मानवको वासस्थानसमेत रहेका वर्षभर जाडो अनुभव गर्नुपर्ने संसारका सबैभन्दा चिसो सहरहरु भने निकै कम छन् ।

तिनै चिसो सहरमध्ये एउटा हो, रसिया साइवेरिया क्षेत्रमा अवस्थित याकुत सहर । याकुत सहर संसारकै चिसो सहर मात्र नभए शून्य डिग्री तापक्रमभन्दा कम भएको क्षेत्रमा अवस्थित संसारकै ठूलो सहरको रुपमा पनि चिनिन्छ ।

जाडोयाममा अत्याधिक जाडो हुने याकुत सहरको औसत तापक्रम माइनस १० डिग्री सेल्सियस हुनेगर्छ । जाडोयाममा सो सहरको तापक्रम माइनस ३५ डिग्री सेल्सियसदेखि माइनस ७१ डिग्री सेल्सियससम्म पुग्ने गर्छ ।

वर्षको अधिकांश समय जाडो हुने याकुतको तापक्रम गर्मीयाममा मुस्किलले ३० डिग्री सेल्सियससम्म पुग्ने गर्छ । त्यहाँका वासिन्दाले गर्मीयाम छोटो समयसम्म मात्र अनुभव गर्न पाउँछन् । संसारको भौगोलिक नक्सामा रुसको सूदुर पूर्व एसियाको उत्तरी क्षेत्रमा पर्ने याकुत सहरको कुल क्षेत्रफल १२२ किलोमिटर रहेको छ । पछिल्लो आँकडाअनुसार सो सहरको जनसंख्या करिब ३ लाख छ ।

याकुतमा रहेका अधिकांश भवनका संरचना सोभियत संघको पालामा बनेका संरचनामा आधारित छन् । त्यहाँका मानिसहरु प्रकृति पूजामा विश्वास गर्छन् । याकुतवासीहरुको मुख्य पेशा माछापालन र पशुपालन हो । जाडोयाममा त्यहाँका सरकारी कार्यालयहरु तीन दिनमात्र खुल्ने गर्छन् ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.