इश्वरपुरमा स्थानीयबासी र प्रहरीबीच झडप, बुधबार साँझ ७ बजेसम्म निषेधाज्ञा

इश्वरपुरमा स्थानीयबासी र प्रहरीबीच झडप, बुधबार साँझ ७ बजेसम्म निषेधाज्ञा

मलंगवा : जिल्ला प्रशासन कार्यालय सर्लाहीले बयलवास बजार क्षेत्रमा मङ्गलबार दिउँसो ३ बजेदेखि निषेधाज्ञा जारी गरेको छ। प्रहरी भ्यानको ठक्करबाट सर्लाहीको ईश्वरपुर नगरपालिका-५ सखुबनी खुबलाल टोलका ३० वर्षीय व्यापारी रामकुमार महतो मृत्यु भएपछि आक्रोशित स्थानीयवासी तथा व्यापारीहरुले आन्दोलन चर्काएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले बुधबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। 

आइतबार साँझ प्रहरीको भ्यानबाट व्यापारी महतोको मृत्यु भएपछि सोमबार बिहानदेखि घटनाको छानबिन हुनुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ती दिनुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने माग राख्दै स्थानीयबासी तथा व्यापारीहरुले प्रदर्शन गर्दै आएका थिए। विरोध प्रदर्शनलाई साम्य पार्नका लागि मंगलबार पीडित पक्षलाई वार्तामा बोलाइएको थियो। वार्तामा कुनै सहमति हुन नसकेको र स्थानीयबासी तथा व्यापारीहरुले प्रदर्शनलाई निरन्तर जारी राखेको र प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो। निषेधाज्ञाकै बीच स्थानीयवासीले बयलवास बजारमै रहेको इलाका प्रहरी कार्यालय केशरगञ्ज अगाडि नाराबाजी जारी राखेका छन्।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले जारी गरेको निषेधाज्ञामा इलाका प्रहरी कार्यालय केशरगञ्जबाट पूर्व ईश्वरपुर नगरपालिका ४ सागरनाथ टोलसम्म, पश्चिममा ईश्वरपुर नगरपालिका ८ रामपुर टोलसम्म, उत्तरमा वडा नं. ५ सखुवनी टोलसम्म र दक्षिणमा ईश्वरपुर नगरपालिका ९ खोरिया टोलसम्म निषेधाज्ञाको अवधीमा कुनै पनि किमिसको भेला हुन, बाहिर हिँड्डुल गर्न र राजनीतिक सभा तथा गतिविधि गर्न नपाइने उल्लेख छ। सार्वजनिक सम्पतिमा तोडफोड, आगजनी लगायत विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको उल्लेख गरिएको छ।

विरोध प्रदर्शनमा उत्रेका स्थानीयवासी र प्रहरीबीच मङ्गलबार बिहानैदेखि पटक-पटक  झडप भएको छ।  प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौँ शेल अश्रुग्याँससहित हवाइ फायर गरेपनि प्रदर्शन रोकिएको छैन। झडपमा परेर जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीसहित डेढ दर्जन नेपाल प्रहरी, सोही हाराहारीमा सशस्त्र प्रहरी पनि घाइते भएका छन्। प्रहरीले चलाएको गोली लागेर केही आन्दोलित बनेका स्थानीयवासी घाइते भएको भनिएपनि संख्या र परिचय परिचय खुल्न सकेको छैन्।

आइतबार राती आफ्नो पसल बन्द गरेर बजारबाट ना ४३ प ५०१८ नम्बरको मोटरसाइकलमा सबार भई मामा घर जादैं गरेको अवस्थामा महतोलाई ईश्वरपुर नगरपालिका–७ स्थित ईलाका प्रहरी कार्यालय केशरगञ्जको गस्तीमा हिँडेको भ्यानले ठक्कर दिएको थियो। आन्दोलित स्थानीयले सोमबार अपरान्ह इलाका प्रहरी कार्यालय हरिपुरको जिपमा आगजनी समेत गरेका थिए। तनाव बढ्दै गएपछि बयलवासमा २ नम्बर प्रदेश प्रहरी कार्यालयबाट वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मसाउँद आलम खाँको नेतृत्वमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ। 

मेयरमाथि हातपात
मृतक राम कुमार महतोको परिवारसँग उनकै घरमा भेटन् पुगेका नगर प्रमुख मनोज देवकोटामाथि हातपात गरिएको छ। आक्रोशित स्थानियबासीले नगरप्रमुखमाथि हातपात गरेको छ। स्थानियबासीको आक्रमणबाट नगरप्रमुख देवकोटाको घाँटीमा चोट लागेको छ। घाँटीमा चोट लागेको नगर प्रमुख देवकोटाको महोत्तरीको बर्दिवासमा उपचार भइरहेको छ। आक्रोशित भिडले नगर प्रमुख देवकोटा चढ्ने सरकारी गाडी ना १ झ १५७० नम्बरको सुमोमा  समेत तोडफोड गरेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.