म्याग्दीका लेकाली बस्तीमा हिमपात (फोटोफिचर)

म्याग्दीका लेकाली बस्तीमा हिमपात (फोटोफिचर)

बेनी : म्याग्दीका हिमाली बस्तीमा बुधबार बिहानदेखि भएको हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ।  म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा, अन्नपूर्ण गाउँपालिका–६ को पर्यटकीय बस्ती घोडेपानी र वडा नम्बर ८ को राम्चेमा हिउँ परेको हो। 

बुधबार बिहान ४ बजेदेखि हिमपात सुरु भएको घोडेपानी टोल विकास संस्थाका अध्यक्ष बिरेन गर्बुजा पुनले बताए। उनका अनुसार चार फिट बाक्लो हिउँ जमेको छ। हिउँ र पानी पर्ने क्रम जारी छ। 

म्याग्दीमा यो सिजनमा पहिलो पटक हिमपात भएको हो। खोला, ताल, पधेरा र धारामा पानी जमेको छ। सर्बसाधारण घरभित्रै आगो तापेर बसेका छन्। स्याउ, जौ, उवा, फापर बालीलाई बर्षात र हिउँले सिचाईमा सहयोग पुग्ने कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोबिन्द पाण्डेले बताए।  

याकचौरी, भेडाच्याङ्ग्रा र घोडा खच्चड लगायत पशुचौपायालाई गोठमै बाधेर राखेका छन्। कृषकरुले चरणका लागि लेकाली क्षेत्रमा लगेका पशु गोठ बेशी झारेका छन्। बर्खामा हिमालको फेदीका बुकी र चरन खर्कमा लगिएका गाई, भैसी, चौरी, भेडा, बाख्राको गोठ चिसो बढेसँगै गाउँ बस्ती आसपासका जंगल र पाखामा झारेका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.