दिल्लीमा १५ दिनमा १० गुणा कोरोना संक्रमित बढे, ओमिक्रोन पनि तीव्र फैलिदै

दिल्लीमा १५ दिनमा १० गुणा कोरोना संक्रमित बढे, ओमिक्रोन पनि तीव्र फैलिदै

नयाँ दिल्ली : भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरस (कोभिड-१९ ) संक्रमण तीव्ररुपमा फैलिरहेको छ। १५ दिनको अवधिमा दिल्लीमा १० गुणा बढी कोरोना संक्रमितको संख्या बढेको समाचार आजतकमा छ। यस्तै सक्रिय संक्रमितको संख्या पनि चार गुणाले बढेको छ।

मंगलबार दिल्लीमा संक्रमितको दर १ प्रतिशतको नजिक पुगेको छ। असार ४ पछि मंगलबार एकै दिन सबैभन्दा बढी संक्रमित भेटिएका हुन् । दिल्लीमा मंगलबार ४९६ जनामा कोरोना संक्रमण देखिएको थियो।

साथै सक्रिय संक्रमितको संख्या बढेर १६ सय पुगेको छ। लगातार चार दिनदेखि दिल्लीमा कोरोनाबाट ज्यान गुमाइरहेका छन्। मंगलबार कोरोनाबाट थप १ जनाको ज्यान गएको थियो।

ओमिक्रोन पनि तीव्ररुपमा फैलिदै

भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पनि तीव्ररुपमा फैलिरहेको छ। दिल्लीमा पनि यसको प्रभाव देखिएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार दिल्लीमा २३८ ओमिक्रोनका बिरामी भेटिएका छन्। जुन देशभर सबैभन्दा बढी हो।

५ डिसेम्बरमा पहिलो पटक दिल्लीमा ओमिक्रोन भेरियन्टको संक्रमण देखिएको थियो। त्यस दिन तान्जानियाबाट फर्किएका व्यक्तिमा संक्रमण भेटिएको थियो । त्यसयता दिल्लीमा पनि हरेक दिन ओमिक्रोनका केसहरू आइरहेका छन् । कोरोनाका नयाँ केसहरू पनि बढ्दै गएका छन्।  

कोरोना संक्रमण तीव्ररुपमा फैलिएपछि भारतमा विभिन्न सहरमा रात्रिकालीन कर्फ्यू लगाएको  छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.