स्याङ्जा एमाले अधिवेशन : लोगो र नारा सार्वजनिक

स्याङ्जा एमाले अधिवेशन : लोगो र नारा सार्वजनिक

स्याङ्जा : नेकपा एमालेले जिल्ला अधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । जिल्लाको पर्यटकीय तथा ऐतिहासिक स्थललाई समेट्दै अधिवेशनको लोगो र नारा सार्वजनिक गरेको हाे । 

‘जबजको मार्गदर्शन समाजवादको आधार ! रुपान्तरण र समृद्धिमा एमाले हो मूल धार !!’  भन्ने नारा र लोगोमो जिल्लाको श्रवणकुमारको दह र मुलूककै सबैभन्दा ठूलो कालीगण्डकी ए लगायतका ऐतिहासिक स्थल स्याङ्जामै पर्छ भनि चित्रण गरिएको छ ।  

नेकपा एमाले स्याङ्जाको आठौं जिल्ला अधिवेशन पुस २३ मा हुने भएको छ । सोही अधिवेशनले जिल्ला नेतृत्व चयन गर्नेछ । अध्यक्ष, उपाध्यक्ष, सचिव, २ उपसचिव सहित १ सय ५ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गर्ने जनाइएको छ । 

जिल्ला नेतृत्वहरु अधिवेशनलाई सफलतापूर्वक सम्पन्न बनाउन जुटेका छन् । विभिन्न ७ वटा उपसमिति मार्फत जिम्मेवारी दिईएको छ । प्रतिवेदन लेखन, प्रचार प्रसार, स्वयंसेवक परिचालन, आवास तथा खाजा खाना, मंञ्च ब्यवस्थापन र अतिथि सत्कार उपसमिति बनाइएका छन् ।  

स्याङ्जा सदरमुकाममा हुने अधिवेशनको उदघाटन भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल बिधिबाट हुने प्रचार प्रसार उपसमितिका संयोजक राजेन्द्र डुम्रेले जानकारी दिए । 

उनका अनुसार १७ गते वडा, १८ गते पालिका र १९ गते जिल्ला प्रतिनिधि छनौट गरिने छ। 

यहाँका ९७ वडा, ११ पालिकामा संगठित सदस्यका आधारमा प्रतिनिधी छनौट हुनेछ । वडामा (खुलातर्फ) ७५ सदस्य बराबर एक जना, महिलामा ५० बराबर १ जना, उत्पीडितमा ३० जना बरावर एक जना प्रतिनिधिको चयन गरिनेछ । एक पालिका बराबर २ महिला सहित ५ जना प्रतिनिधी हुन पाउनेछन् ।

जिल्लाले ३४ जना, २ संघिय निर्वाचन क्षेत्रका ४ मजदूर र अपांग/अल्पसंख्यकगरी जिल्लाभरबाट १५ जना प्रतिनिधि मनोनित गर्न पाउने प्रावधान अनुरुप करिब ७ सय ३० प्रतिनिधी सहभागी हुने प्रतिनिधी व्यवस्थापन उपसमिति संयोजक सुधीर पौडेलले जनाए ।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.