यो वर्षकै भ्रष्ट व्यक्तिको सूचिमा परे अस्रफ घानी

यो वर्षकै भ्रष्ट व्यक्तिको सूचिमा परे अस्रफ घानी

साराजेवो : अफगानिस्तानका पूर्वराष्ट्रपति अस्रफ घानी यो वर्ष अर्थात् सन् २०२१ का सबैभन्दा भ्रष्ट व्यक्तिको सूचिमा परेका छन् । अर्गनाइजेसन क्राइम एण्ड करप्सन प्रोजेक्ट (ओसीसीआरपी) द्वारा सन् २०२१ का सबैभन्दा भ्रष्ट व्यक्तिको सूचिमा घानी परेका हुन् ।

ओसीसीआरपी विश्वव्यापी मिडिया आउटलेट्सका लागि काम गर्ने एक गैर नाफामुखी खोजमुलक समाचार रिपोर्टिङ प्लेटफर्म हो । सो मिडिया प्लेटफर्मद्वारा हालै जारी रिपोर्टमा घानी भ्रष्ट व्यक्तिको सूचिमा परेका हुन् ।

समस्या र मृत्युको मुखमा पुगेका आफ्ना नागरिकको साथ छोडेको र भ्रष्ट एवम् अयोग्य भएका कारण घनी सो सूचिमा परेको ओसीसीआरपीले बताएको छ । ओसीसीआरपीको रिपोर्टअनुसार सो सूचिमा बेलारुसका राष्ट्रपति अलेक्जान्द लुकाशेको भ्रष्ट व्यक्तिको शीर्ष स्थानमा परेका हुन्।

लुकाशेको बाहेक सिरियाली राष्ट्रपति बसर अल असद, टर्कीका राष्ट्रपति रेसिप तैयप एर्दोगान र पूर्वअष्ट्रियाली चान्स्लर सेबेस्टियन कुर्जसमेत सो सूचिमा परेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.